चैत १८,धरान /लकडाउनले गरीबी जनतामा खाद्य पदार्थ अभाव पारिरहेको बेला धरानमा किरात याक्खा छुम्माले एक परिवारलाई नगद तथा खाद्य पदार्थ उपलब्ध गराएको छ।
लक डाउनका कारण धरान १८ मा याक्खा समुदायको एक परिवारमा खाद्य अभाव भएको सार्वजनिक रुपमा सामाजिक संजालमा स्टाटस पोस्ट गरेपछि जानकारी भएको हो।सो स्टाटस देखेपछि किरात याक्खा छुम्मा र उसका कलाकार संघका सदस्यहरुको ध्यानाकर्षण भएका थिए।सोही अनुसार वास्तविकता पत्तो लगाई खाद्य सामग्री तथा नगद उपलब्ध गराएको कुरा याक्खा छुम्मा धरानका अध्यक्ष हेमराज जिमिले जानकारी दिए।
उनका अनुसार लकडाउनको चपेटामा परेका सागुरीगडि-३ हाल धरान-१७ मा बसोबास गर्दै आउनु भएका वीर बहादुर लिम्बुखिम याक्खा रहेको जानकारी दिए।विरबहादुर लिम्बुखिमलाई चामल,दाल, तेल, नुन, आलु ,बिस्कुट र केहि नगद सहित छ हजार बराबरको उपलब्ध गराएको बताए। राहत किरात याक्खा छुम्मा धारान नगर कमिटी को पहलमा हस्तान्तरण गरिएको जानकारी दिए ।यसरी संकलन गरिएको राहत सामग्री हस्तान्तरण गर्नका लागि किरात याक्खा छुम्मा धरान उपमहानगर अध्यक्ष हेमराज जिमी याक्खा सदस्य नरेन्द्र जिमी याक्खा ,नगेन्द्र याक्खा ,कलाकार संघ उपाध्यक्ष कृस्णा याक्खा ,किरात याक्खा छुम्मा सुनसरी जिल्ला अध्यक्ष रेवात जिमी याक्खा केन्द्रीय सचिव भरत याक्खा र केन्द्रीय सदस्य अजय याक्खा लगायत पुगेका थिए।