धरान / लिम्बुवान स्वायत्त राज्य भित्रको थातथलो खुलेको समुदाय स्वायत्त क्षेत्र गाठन गर्ने क्रममा याक्खा स्वायत्त क्षेत्र तदर्थ समिति गठन भएको छ।
प्रदेश नम्बर १ का सांसद आरसी तुम्बाको बिशेष आतिथ्यमा सनिवार समाजवादी पार्टी कार्यालय धरानमा गठन गरिएको छ।हेमराज जिमिको अध्यक्षतामा २१ सदस्यीय याक्खा स्वायत्त क्षेत्र तदर्थ समिति गठन गरिएको हो।उपाध्यक्षमा नगेन्द्र देवान (धनकुटा),मोहन देवान (इलाम),भोला याक्खा (संखुवासभा),सचीव नरेन तुम्बा (धनकुटा),सहसचिव नगेन्द्र याक्खा (संखुवासभा) साबित्रा याक्खा (मोरङ) कोषाध्यक्ष कृष्णबहादुर याक्खा सहकोषाध्यक्ष लहरु जिमि,सदस्यहरुमा संखुवासभाबाट डिक लिङ्खा,नरेन्द्रबहादुर याक्खा,आशिष् देवान,इलामबाट गजेन्द्र याक्खा,मित्र देवान,धरानबाट रामकुमार तुम्बा,रामप्रसाद जिमि,धनकुटाबाट छत्रबहादुर लिम्बुखिम,हेमकर्ण जिमि,युबेन तुम्बा,याम लिम्बुखिम,भिमबहादुर पाम्फु रहेका छन।
नवगठित समितलाई शुभकामना दिदै सांसद आरसी तुम्बाले यो समिति याक्खा समुदायको लागि ऐतिहासिक भएको बताए। सांसद तुम्बाले संपुर्ण याक्खाको बिचमा गएर पहिचानको मुद्दा बारे बुझाउनुपर्ने बताए। याक्खा स्वायत्त राज्य लिम्बुवान स्वायत्त क्षेत्र भित्र पर्ने बताए।अब याक्खा समुदाय रहेका जिल्ला नगरमा समिति गठन गर्नुपर्ने बताए।नयाँ समितिले छिटो भन्दा छिटो याक्खा स्वायत्त क्षेत्रको महाधिवेशन गर्न सुझाब दिए। उनले संखुवासभा जिल्लाको सनिश्चरे केन्द्र हुनेगरी महाधिवेशन गर्न सुझाब दिए।
समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमले याक्खाको सत्ता नै याक्खा स्वायत्त क्षेत्र भएको बताए।उनले लड्डु जस्तो नभै इन्द्रेणी जस्तो देखिने खालको समाज बनाउने योजना समाजवादी पार्टीको रहेको बताए।माखिमले अन्य पार्टीले ब्यक्ति विशेषलाई पद दिदैमा मुक्ति नहुने भन्दै जस्का लागि समाजवादी पार्टीले मात्र यसरी मुक्ति दिने बताए।
नव गठित याख्खा स्वायत्त क्षेत्रका अध्यक्ष हेमराज जिमिले याक्खा स्वायत्त क्षेत्रको महाधिवेशन छिट्टै गर्ने प्रतिवद्दता जनाए ।