करिब एक महिना अघि चितवनमा घटेको रवि रुवाली र रञ्जना मैनाली घटना अझै चर्चामा छ । चितवनको भण्डारा भन्ने स्थानमा अष्ट्रेलियाको मोहले निम्त्याएको एउटा घटनाको चर्चा देश विदेशमा फैलिएको छ । अष्ट्रेलियामा बुहारी पढाउन लाखौं रुपैया खर्चेका रुवि रुवालीको परिवारले ३० वर्षको लक्का जवान छोरा गुमाएका छन् ।
सो घटनामा अहिले रविका छिमेकीले केही कुरा खुलाएका छन् ।उनीहरुले रञ्जनालाई मात्र होइन उनका परिवारलाई पनि अनुसन्धानको घेरामा ल्याउनुपर्ने बताइरहेको बेला रञ्जना मैनालीले प्रमाणहरुसहित बुवा र देउरानीसँग भएको कुराकानी सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । तीन वर्ष अघि रञ्जना मैनालीसंग विवाह गरेका रविले रञ्जनाले गरेको तिरस्कारका कारण देह त्याग गरेको रविका परिवारले दावी गरेका छन् । रञ्जना मैनालीले फेशबुकमा बुवा र देउरानीलाई यसरी पत्र । उनले लेखेको कुरा भिडियोमा जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ । हेर्नुहोस् भिडियो: