गायक रमेश राना र गायिका सिता थापाको आवाजमा मौलिक सालैजो भाकामा आधारित ”स्याङजाली माया ” गीतको भिडियो बजारमा आएको छ ।मायालु जोडीहरु विचको प्रेमको समपर्णलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । आफनो मायालुलाई जिवनमा कदापी भुल्न नसक्ने कुरा गीतमा गरिएको छ । रमेश रानाको शब्द सिर्जना तथा लय सिर्जना र मान बहादुर बराल मगरको एरेन्ज गीतमा रहेको छ । सुशिल डाँगीको छायाँकन , निराजन केसीको सम्पादन तथा अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । ”स्याङजाली माया ” गीतको भिडियोमा निर आले , बर्षा थापा र विशाल गुरुङको अभिनय तथा नृत्य रहेको छ । भिडियो :