सम्पादकीयः-निलेश अधिकारी
बिभिन्न काल खण्डको बदलिदो राजनीतिक परिर्वतनसंगै फेरिदै आएको नेपाल खोक्रो उग्र राष्ट्रवादका कारण धेरै नेपाली नागरिकले दुःख कष्ठ, अंग भंग हुदै ज्यानै समेत गमाउनु परेको इतिहासहरु आम नेपालीहरुमाझ आज सम्म पनि ताजानै छ ! बि.स. २००७ होस या बि.स. २०७२ सालको राजनीतिक परिवर्तननै किन नहोस दुख, जाल झैलत नेपाली सोझा नागरिकहरुकै लागि नै रहेछ भन्न सकिन्छ ! हाम्रो छिमेकी देशहरु इन्डिया र चीनले आफ्नो राष्ट्रिय भाषालाई माया गर्छन। राष्ट्रिय पहिचान जोगाउन बिभिन्न कदमहरु चालिरहेको हुन्छ । कैयौं देशले आफ्नो देशको पहिचान र इतिहास बोक्ने राष्ट्रिय भाषालाई सार्वजनिक नियम, कानुनीरूपमा समेत मान्यता र माया दिइरहेका छन्। नेपालमा भने हिन्दी भाषालाई केहि पार्टीका ब्यक्तिहरुले संस्थागत गर्ने दुसप्रयासहरु गर्दै,गराउदै आईरहेको देखिन्छ !
सन् २०११ (वि.स.२०६८) को जनगणनाले १२३ भाषालाई मातृभाषा स्वीकारेको छ भने ५६ प्रतिशतभन्दा बढी भाषा लोपोन्मुख भइरहेको अवस्थामा छ्न ! तीमध्ये लगभग ८० जति आदिवासी जनजातिहरुले बोल्ने भाषा रहेका छ । सुरक्षित भाषा अन्तर्गत ४ वटा भाषा समुहहरु राखिएका छ्न । अझ १ हजारभन्दा कम जनसंख्याले बोल्ने भाषाको संख्या करिब ३० को हाराहारीमा रहेको र बाँकी प्राय : जसो लोपोन्मुख अवस्थामै छन् ।बि.स.२०६२/६३को जन-आन्दोलनको अधि सम्म नेपालको राष्ट्रभाषा देवनागरी लिपिमा लेखिने नेपाली रहेको थियो । बि.स. २०१९ र २०४७ सालमा जारी दुवै संविधानले नेपालीलाई नै राष्ट्रभाषा मानेका थिए । २०४७ सालको संविधानले नेपालमा बोलिने अरू मातृभाषालाई पनि राष्ट्रिय भाषाकैरुपमा मानेको देखिन्छ भने केहि यसमा जनगुनासोहरु पनि तो समय देखि रहिरह्यो र अहिले सम्म पनि कायमनै रहेको देखिन्छ । ०६३ सालको अन्तरिम संविधान र २०७२ सालको संविधानले नेपालमा मातृभाषाका रूपमा बोलिने सबै भाषालाई राष्ट्रभाषाको दर्जा दियो । संघमा नेपालीलाई सरकारी कामकाजको भाषा तोकिएको छ । प्रदेशमा नेपाली भाषाको अतिरिक्त बहुसंख्यकले बोल्ने एक वा एकभन्दा बढी मातृभाषालाई प्रदेश सरकारको कामकाजको भाषा बनाउन सकिने प्रावधान छ । तर हाल आएर नेपाललाई अन्तराष्ट्रियरुपमा चिनाउने राष्ट्रिय भाषा कुनै छैन बिश्वकोलागि नेपालमा बोलिने सबै राष्ट्रिय भाषाहरु नेपालको राष्ट्रिय भाषा हो भन्दा पनि हुन्छ ! नेपालको राष्ट्रिय भाषा कुन हो भनि यदि कसैले प्रश्न गर्छ भने उत्तर नेपाली जनताहरुलाई हाल सम्म थाह छैन सबैले आ-आफ्नो भाषा नै राष्ट्रिय भाषा हो भन्नु बाहेक बिकल्प पनि छैन भन्दा हुन्छ ! यो नेपालको बदलिदौ राजनीतिक परिर्वतनको उपज हो जुन नेपालमा बिभिन्न जन आदोलनहरु मार्फत नेपालको पहिचान मेटाउने, नेपालको उधोग धन्दा बन्द गराउने, बैदेशिक अनुदान, सहयोग र रिणमा नीर्भर गराउदै देश बिभाजन गराउने खेलमा फसाउने, सीमा अतिक्रमण गर्दै नदिनाल, खानीमा बिदेशी सम्प्रभुता कायम गराउने, बिदेशी शक्ति राष्ट्रहरुको इशारामा बिकासैन्मुख देशको शासन सत्ता चलाउने संड्यन्त्रको उपज आम नेपाली जनताहरुलाई जुधाउने परिपंजको एक धटक हो भन्न सकिन्छ !
शक्तिशाली राष्ट्रहरुमा बिवाद उत्पन्न हुना साथ इन्डिया-चीन बार्ता सुरु हुनु तर नेपाल-इन्डिया सीमा बिवाद कायम रहिरह्नु इन्डिया सरकारको हेपाह प्रवृति हो भन्न सकिन्छ ! हाल आएर प्रदेश सभा,राष्ट्रिय सभा र प्रतिनीधी सभामा पनि भाषाको वाक युद्द चलाउदै इन्डियन भाषा ‘हिन्दी’ लाई नेपालीको भाषा हो भन्दै केहि इन्डियन नेपाली चेलीहरुले भन्नु, हिन्दी भाषामै इन्डियाले नेपालको सीमा मिचेको होइन नेपालले इन्डियाको सीमा मिचेको छ भन्ने सम्मका कुराहरु सभामा भाषण मार्फत गर्दै आएको देखिन्छ । यस्ता कार्य गर्दै देश कमजोर बनाउने छिमेकी राष्ट्रहरुको कुटनीतिक दवावको रणनीतिक राजनीति हो भनि बुझ्न सकिन्छ !
अधिकांश रुपमा नेपालमा भारोपेली तथा चीनीया-तिब्बती भाषा परिवारका भाषाहरू बोल्ने गरिन्छ। नेपालको सरकारी कामकाजको भाषा खस गोर्खाली थियो जसलाई विगतमा गोर्खाली वा खसकुरा भन्ने गरिन्थ्यो।वि.स.२०६८ को जनगणना अनुसार, मातृभाषाका रूपमा खस गोर्खाली भाषा बोल्ने भाषीको प्रतिशत ४४.६४% रहेको छ भने मैथिली भाषा बोल्नेको सङ्ख्या ११.६७% त्यस्तै क्रमश भोजपुरी, थारु, तामाङ , नेपाल भाषा, बज्जिका, मगर, डोटेली, उर्दु, अवधि, लिम्बु, गुरुङ, बैतडेली, राई,अछामी, बान्तवा, राजवंशी, शेर्पा ,हिन्दी, चाम्लिङ, बझाङ्गी ,सन्थाली, चेपाङ, दनुवार, सुनुवार लगाएतका भाषाहरु छ्न भने इन्डियन भाषा हिन्दी त केवल नेपालमा ७७,५६९ ले मात्र बोल्ने भाषा परिवार हो भने नेपालको कुल जनसंख्याको ०.२९२७७३९२८ % ले मात्र इन्डियन हिन्दी भाषी रहेको देखिन्छ भने कुनै किम्मदन्ती, इतिहास र हाल सम्म पनि इन्डियन भाषा ‘हिन्दी’ नेपालको भाषा रहेको थियो न छ भन्ने देखिदैन !
नेपाल सानो देश भएता पनि यहाँ धेरै विविधता धेरै जात-जाती, समुदाय, धेरै धर्मका मानिसहरू बसोबास गर्ने गर्छन्। सबै समुदायका आ-आफ्ना भाषाहरू छन् तर सबै समुदायका सबै मानिसलाई सबै भाषाहरूको ज्ञान हुन्छ भन्ने चाहि हुन्न ! तर नेपाली भाषा लगभग सबै समुदायका मानिषहरूले बुझ्न र बोल्न सक्छन र नेपाली भाषाकै माध्यबाट अरु समुदाय, भाषाका मानिसहरू एक अर्कासँग संवाद गर्छन् त्यसैले नेपाली भाषा राष्ट्र भाषाको रुपमा रहेको पहिले देखिन्थो।नेपालमा बोलिने धेरै भाषाहरू देवनागरी लिपीमा लेखिएको छ जसमा केही आदिवासीका भाषाहरू समेत पर्दछन् ! यसै कुराहरुको माध्यमले आम नेपाली समुदायलाई भडकाई जात,जाति,धर्म,संस्कार,भाषा,क्षेत्रकोरुपमा तितरबितर तथा नेपाली नेपाली फुटाली गरिने त्यस्तो धिणित राजनीतिलाई नेपाली आम समुदाय , नेता,कार्यकर्ता र पार्टीहरुले बुझी राष्ट्रियताको हित हुने कार्य गर्नु पर्ने अपरिहार्य देखिन्छ ! होइन भने समयले कुनै पनि पार्टी वा राजनीतिक ब्यक्तिहरुलाई साथ दिने छैन भन्न कुरा सबै राजनीतिक पार्टीका नेताहरुले बुझ्नु जरुरी देखिन्छ !