20.1 C
Kathmandu
Wednesday, November 29, 2023
HomeUncategorizedराज्यको चौथो अंगको रुपमा परिचित पत्रकारहरुलाई आजदेखि स्वास्थ्य मन्त्रालय प्रवेशमानै निषेध

राज्यको चौथो अंगको रुपमा परिचित पत्रकारहरुलाई आजदेखि स्वास्थ्य मन्त्रालय प्रवेशमानै निषेध


काठमाण्डौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पत्रकारलाई मन्त्रालय प्रवेशमा अत्यधिक कडाइ गरेको छ।राज्यको चौथो अंगको रुपमा पत्रकारलाई लिने गरिन्छ।तर यस अघि दिनहुँजसो समाचार संकलनका लागि परिचय पत्र देखाएर प्रवेश गर्ने गरेका पत्रकारलाई आजदेखि भने सुरक्षाकर्मीले गेटमा रोकेका छन्।आज स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा वरिष्ठ अधिकारीहरुले पत्रकारलाई नभेट्न र सूचना नदिन कर्मचारीहरुलाई निर्देशननै दिएका थिए।अब पत्रकारले स्वास्थ्य मन्त्रालयमा प्रवेश पाउनका लागि मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्की र प्रवक्ता डा. विकास देवकोटालाई सम्पर्क गर्नुपर्नेछ भएको छ।उनीहरुलाई आफ्नो काम र भेट्ने व्यक्तिबारे जानकारी गराएपछि भेट्ने व्यक्तिको फुर्सद भएमात्र पत्रकारले भित्र जान पाउने छन्।मन्त्रालयमा अरु मानिसहरुको आवतजावत नरोकिए पनि पत्रकार भने गेटमै रोकिएका हुन्।मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले कोरोना संक्रमण बढ्दै गएकाले भेटघाटमा कडाइ गर्नुपरेको प्रतिक्रिया दिएका छन्।पछिल्लो समय मन्त्रालयका प्रवक्ताले दिनमा एक पटक गर्ने नियमित अपडेटबाहेक अन्य माध्यमबाट सूचना दिन कडाइ गरिएको छ।तर मन्त्रालयले अझै सूचना चुहिएको भन्दै पत्रकारको प्रवेश नै निषेध गर्न लागेको हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments