गायक राज कुश्मी र गायिका अन्जु कुश्मी (फुलकुमारी)ले एकदमै फरकधारका माघी म्युजिक भिडियो लिएर आएका छ्न । राज कुश्मीकै शब्द,संगीत र निर्देशन रहेको यस् “सखिय हो माघ”के पिलि गुरि गुरि जार नामक म्युजिक भिडियोको छायांकन सम्पादन रामु चौधरीले गरेका हुन । ड्रिम्स रिकोर्डिङ स्टुडियो काठमाडौंमा रिकोर्डिङ गरिएको यस् गितलाई गणेश चौधरीले ब्यवस्थापन र प्रकाश केसिले मिक्सिङ गरेको छ ।
भिडियोमा माघी मनाउनु भन्दा पहिला बिहान माघ नुहाईसकेपछि माघीमा बनाईने परिकारहरु बगिया,भुज्जाको लड्डु,तिलको लड्डु,सुङ्गुरको मासु,जाँडको झोल लगायत मिठोमिठो परिकार खाने चलन चलीआएको देखाइएको छ । थारु समुदायमा सदियौँ,पुर्खौपुर्खा देखि पुरुषले लगाउदै आईरहेको भेगुवा र महिलाले लगाउदै आईरहेको लहेङ्गा,चोली लगायतको पहिरनलाई पनि आकर्षक रुपमा प्रस्तुत गरिनुको साथै विशेष गरि मखौटा नाच प्रस्तुत गरिएको छ ।भिडियो :