सुबिन बिश्वकर्मा बराह-क्षेत्र,
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)नगर कार्यसमिति बराह-क्षेत्रले पछिल्लो समयमा कार्यकर्ता प्रवेशमा विशेष जोड दिएको छ।
पार्टीलाई शसक्तीकरण,हिन्दु राष्ट्र एवं राजसंस्था पुनः भित्र्याउनुका साथै आगामी निर्वाचनमा पार्टीलाई अग्र स्थानमा पुर्याउने उद्देश्यका साथ पार्टीको गतिविधि बढाएको हो। राप्रपाले पार्टी सुदृढीकरणका लागि देशैभरीनै गर्दै आएको विभिन्न किसिमका कार्यक्रम अन्तरगत राप्रपा बराह-क्षेत्र नगर कार्यसमितिले पनि सनिवार करिब १ सय जनाको हाराहारीमा कार्यकर्ता प्रवेश गराएको छ। अमाह सिमसारमा भएको औपचारिक कार्यक्रममा मिडिया नेपाल १ नम्बर प्रदेशका अध्यक्ष बिजय राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । पार्टी प्रवेश कार्यक्रम राप्रपा बराह क्षेत्र नगर कार्यसमितिका संयोजक अर्जुन भट्टराईको सभापतित्वमा भएको हो ।त्यसैगरी अतिथिहरुमा जिल्ला सदस्य राम ठकुरी,४ नम्बर क्षेत्रीय अध्यक्ष टेक बहादुर घिमिरे ,पूर्व नगर संयोजक दिपक कार्की,नगर महिला संगठन उपाध्यक्ष लक्ष्मी कार्की लगायतको सहभागिता रहेको छ । कार्यक्रमका प्रमुख अतिथि बिजय राउतले देशको समृद्धि,शान्ति तथा स्थायित्वका लागि राप्रपाले उठाउदै आएका मुद्दाहरू समय सान्दर्भिक भएको दावी गर्नु भएको छ ।देशको सार्वभौमसत्ता,अखण्डता एवं स्वाधीनताका लागि राप्रपा अबको निर्बिकल्प पार्टी भएको बताउनु भयो ।
फरक प्रसंगमा बराह-क्षेत्र नगर कार्यसमितिका संयोजक अर्जुन भट्टराईले नव-प्रवेशी युवा-कार्यकर्ताहरुलाई शुभकामना दिदै अब सबै एकजुट भएर पार्टीलाई बलियो बनाउनु पर्ने बताउदै आगामी निर्वाचनमा पार्टीले सोचे अनुरुपको मत प्राप्त गर्न सक्ने विश्वास समेत व्यक्त गर्नु भयो । त्यस्तै सबैको ध्यान अब एक-पटक राप्रपा प्रति केन्द्रित हुनु पर्ने उहाँको जोड छ ।