22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeसमाचाररामेछापमा बोलेरो गाडी दुर्घटना हुदा २ जनाको मृत्यु,२८ घाइते,केहीको अवस्था भने गम्भिर

रामेछापमा बोलेरो गाडी दुर्घटना हुदा २ जनाको मृत्यु,२८ घाइते,केहीको अवस्था भने गम्भिर


रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा २८ जना यात्रु घाइते भएका छन् भने उनीहरुमध्य केहीको अवस्था गम्भिर रहेको छ । भक्तपुरको सूर्यविनायकबाट दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ बोलेरो मंगलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिएका छन् । दोरम्बा गाउँपालिका–२ कि २५ वर्षीया संगीता पहरीको मृत्यु भएको छ भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलको भनाइ छ । घाइते भएकामध्ये २५ जनाको धुलिखेल अस्पताल र ५ जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बोलेरो सडकबाट करिब १५० मिटर तल खसेको थियो ।लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक र निजी सवारी साधनलाई जिल्ला प्रवेशमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको भएपनि उक्त बोलेरो सिट क्षमता भन्दा बढी यात्रु बोकेर छामेछाप गइरहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments