धरान / धरान उपमहानगरले स्थापना गरेको फुड बैंकमा राष्ट्रिय जनमुक्ति पार्टी धरान उपमहानगर समितिले ५५० किलो चामल उपलब्ध गराएको छ।
राहत बितरणको क्रममा रहेकोले सो चामल धरान उपमहानगरका मेयर तिलक राई र उप मेयर मन्जु भण्डारीलाई हस्तान्तरण गरिएको हो। राहत शनिबार पार्टीको धरान नगर अध्यक्ष चित्र मगर ‘हाङ्ग’ सघीय परिषद सचिव विष्णु थाम्देन, सल्लाहकार डा किशोर गुरुङ, जनमुक्ति युवा महासघ, उपमहानगर समिति, धरानका अध्यक्ष मनि राई इना सहितको सहभागीले हस्तान्तरण गरेको हो।राहत बुझ्दै मेयर तिलक राईले यस्तो परिस्थितिमा सबै राजनितीक दल संघ संस्था एक भएर जानुपर्ने बताए।
कोरोना भाइरसबाट बच्न सरकारले लकडाउन गरेपछि त्यसको प्रत्यक्ष असर दैनिक ज्यालादारी गरिखानेमा परेको छ। पहिलो चरणमा दैनिक ज्यालादारीमा असर देखिएपछि उपमहानगरले एकद्वार नीति अबलम्बन गर्दै फुड बैंक र राहत कोषको स्थापना गरिएको हो। फुड बैंक स्थापना गरेपछि राजनीतिक दल तथा ब्यक्तिगत र सस्थागत रुपमा खाद्यान्न तथा नगद उपलब्ध गराउने क्रम जारी रहेको छ।