काठमाण्डौँ–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद रामनारायण विडारीले मन्त्री-सांसद र नेताले कोरोना सारेको आरोप लगाएका छन्। सांसद विडारीले राहत बाँड्ने नाममा गाउँ गाउँमा मान्छे जम्मा गरेर मन्त्री सांसद र नेताहरुले सांसदहरुले कोरोना संक्रमण फैलाएको आरोप लगाएका हुन्।राहतका कार्यक्रम स्थानीय तहबाट व्यवस्थित रुपमा वितरण हुनुपर्ने भएपनि कसैले नपएजस्तो गरी नेताहरु गएर कोरोना संक्रमण फैलाएको सांसद विडारीको भनाइ छ।राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै विडारीले भनेका छन्,नेता हुँ भनेर राहत बाँड्न ट्रयाक सुट टाई लाएर गाउँगाउँमा गएर मान्छे जम्मा पारेर कोरोना कोरोना संक्रमित गराउने काम सांसदले गरे,नेताले गरे,मन्त्रीले गरे।मन्त्री-सांसद र नेताहरुले कसैले नपाएको जस्तो गरी राहत बाँडे अरे।राहत भूकम्पको बेलामा बाँड्ने हो।राहत बाढी पीडित भएको बेलामा बाँड्ने हो।अहिलेको राहत लोकल सरकारले बाँड्ने अरुले बाँड्ने होइन्।लोकल सरकारको पनि वडा अध्यक्षले बाँडने हो।वडा अध्यक्षले पनि होइन वडा सदस्यले बाँड्ने हो।
राहत वितरणको आधार के हुने?कुन व्यक्तिलाई राहत दिने?भन्ने कुरा कानून बनाएर लागु गर्ने भएपनि त्यसो हुन नसकेको विडारीले बताए। अहिलेको अवस्थामा स्थानीय तहमा उत्पादन भएका तरकारी,दूध र अण्डा सरकारले किनेर जनताको घरमा पुर्याउनुको सट्टा गफ गरेर नहुने विडारीले बताए।त्यसका लागि कानून निर्माण आवश्यक रहेको विडारीले बताए।भारतले नेपाली भूमि अतिक्रण गरेको विषयमा सांसद विडारीले नरेन्द्र मोदी सत्तामा आएदेखि नेपाललाई हैरान गरेको बताए।संविधान निर्माणमा बाधा,नाकाबन्दी र सीमानामा मनलाग्दी काम गरेर नेपाललाई मोदी सरकारले हैरान पारेको सांसद विडारीले बताएका छन्।
सांसद विडारीले भने मोदी सरकार जहिले आयो त्यो बेलादेखि नेपाललाई हैरान पारेको पार्यै गर्यो।यो कस्तो रैछ अर्काको देशमा आएको सरकारले हाम्रो देशलाई हैरान पार्ने गरेको भन्दै असन्तुष्टि जनाएका छन्।यसो गरेको गजबको भयो,कहिले संविधान जारी गर्न पाइदैन भनेर उफ्रिन्छन कहिले भूकम्पले थला परेको नेपाललाई नाका बन्दिको हैरानी बनाएर थप तहस नहस पार्न खोज्छन,कहिले कोरोना ग्रस्त भएको बेलामा सीमामा मनलाग्दी काम गरेको हल्ला खल्ला प्रचार गर्दै काम गरेको भन्दै आपति जनाएका छन्।विडारीले भारतमा मोदी सत्तामा आएपछि नेपालीलाई लगातार दुःख दिइरहेको आरोप लगाएका छन्।सांसद विडारीले सीमा विवाद समाधानका लागि अब सिमानामा पर्खाल लगाएर त्यसमा करेन्ट छाड्नुपर्ने समेत बताएका छन्।