नायिका रिमा विश्वकर्माको नयाँ म्युजिक भिडियो ‘बधाई छ’ अहिले चर्चा बटुलिरहेको छ । भिडियोमा रिमाले डिभोर्स भएपश्चातको जीवन निभाएको भूमिकामा देखिएकी छिन । यो भिडियोमा देखाइएको कथा रिमाको जीवनमा समेत मेल खाने कुरा उनले अन्तर्वार्ताका क्रममा उल्लेख गरेकी छिन् ।पवन गिरिको स्वरमा रहेको ‘बधाई छ’ गितको भिडियोमा रिमालाइ मुख्य मोडलको रुपमा देख्न सकिन्छ । रिमा विश्वकर्माका अनुसार डिभोर्स पश्चातको जीवनको चित्रण यस भिडियोमा गरेकाले गर्दा दर्शकहरुले मलाई रिलेट गर्नुभयो । रिमाले आफुलाई समेत यो रोल अभिनय गर्न सहज भएको बताएकी छिन् । आफुले उक्त पिडा भोगेका कारण यस रोलमा अभिनय गर्न सहज भएको उल्लेख गरेकी छिन् ।
रिमाले भनिन्, “डिभोर्स पश्चात पनि जीवन बेकार हुन्छ भन्नु सोच्नु गलत हो र यहि कुराहरु यो भिडियोमा समेत देखाउन खोजेको छ । मैले पनि डिभोर्सको पिडा भोगेको कारण यो भिडियोमा अभिनय गर्न मलाई सहज भएको थियो । कत्ति कुराहरु मैले आफ्नो जीवनको भोगाईसंग रिलेट गरेको छु र दर्शकहरुले समेत रिलेट गर्नुभएकोले पनि होला यो भिडियोलाई मन पराईदिनु भएको छ । डिभोर्स हुनु भनेको दुई जना एकै भएर जीवनको गोरेटोमा हिड्न नसक्नु हो र यहि मेरो जीवनमा समेत भएको थियो । मैले एक्लैले गरेर बन्धन जोडिने होईन र डिभोर्स हुनु भनेको नै जीवनको अन्त्य समेत होईन । म एक्लै पनि पूर्ण छु ।”भिडियो: