एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत आइतबार तीन खेल हुँदैछन् । आज हुने पहिलो खेलमा एट्लेटिक क्लबले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ५:४५ बाट सुरु हुनेछ । एट्लेटिक क्लब २७ खेलबाट ३७ अंक जोडेर तालिकाको १० औं स्थानमा छ । तालिकाको छैटौं स्थानमा रहेको एट्लेटिको मड्रिडको ४५ अंक छ ।
आज राति हुने पहिलो खेलमा रियल मड्रिडले इबरसँग प्रतिस्पर्धा गर्दैछ । आजको खेमला रियललाई जित निकाल्नु पर्ने दबाब छ । लिगको दोस्रो स्थानमा रहेको रियल बार्सिलोनाभन्दा पाँच अंकले पछि छ ।
शीर्ष स्थानको बार्सिलोनाको २८ खेलबाट ६१ अंक छ भने २७ खेलेको रियलको ५६ अंक छ । २७ अंक जोडेको इबर लिगको १६ औँ स्थानमा छ । आज राति हुने अर्को खेलमा रियल सोसिडाडले ओसाशुनालाई आतिथ्यता प्रदान गर्नेछ ।