26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
Homeराष्ट्रियरुकुमका मृतक सबैको टाउकोमा चोट

रुकुमका मृतक सबैको टाउकोमा चोट


जाजरकोट । रुकुमपश्चिमको चौरजहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउको चोट देखिएको छ। बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो ।

बेपताको खोजी र उद्धारमा खटिएका स्थानीयले फेला परेका सबै शवमा टाउकोमा चोट रहेको बताएका छन्। घटनामा बेपत्ता भएका थप एकजना बिहीबार मृत अवस्थामा फेला परेका छन्। भेरी नगरपालिका ४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभुर नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले बताए। टाउकोमा चोट लागेको अवस्थामा स्थानीयले सञ्जुको शव भेरी नदीमा फेला पारेका थिए। खोजीमा संलग्न भेरी नगरपालिका ११ का मुक्ति आचार्यले शवको टाउको कुच्चिएको र अण्डकोष सुनिएको अवस्थामा फेला परेको बताए।

योसँगै मृतकको संख्या पाँच पुगेको छ। भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन्। भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको थियो। बुधबार फेला परेको लोकेन्द्रको शव पनि टाउकोमा चोट लागेको, हात बाँधिएको र अण्डकोष सुनिएको अवस्थामा भेटिएको स्थानीय सुवर्ण रोकायले बताए। यसअघि नै शव फेला परेका नवराज, गणेश र टीकारामको पनि टाउकोमा ढुंगा प्रहार गरेको चोट देखिएको प्रत्यक्षदर्शी भेरी नगरपालिकाका मौसम विकले बताए। अस्पतालले पोष्र्टमार्टमको रिपोर्ट प्रहरीलाई अझै दिएको छैन।

जिल्ला प्रहरी कार्यालयले भने पोस्टमार्टम रिपोर्ट हेरेपछि मात्र भन्न सकिने जनाएको छ। जाजरकोटका डीएसपी किशोर श्रेष्ठले भने, ‘नदीमा पौडी खेलिरहेको बेला माथिबाट ढुंगा वर्षाउँदा चोट लागेको हुनसक्छ। सँगै गएका साथीको बयानका आधारमा पनि नदीमा हाम फालिसकेपछि पनि ढुंगा प्रहार भइरहेको थियो भन्ने आएको छ। लासको प्रकृति हेर्दा कुटपिट र ढुंगा प्रहार गरेको देखिन्छ।’ केटी भगाउन भनेर १० जेठमा जाजरकोटबाट गएका नवराजसहितका १९ जनामाथि सोतीका स्थानीयले आक्रमण गरेका थिए।

मल्ल थरकी युवतीले बोलाएपछि उनलाई लिन नवराज साथीसहित जाँदा युवतीको घर नपुग्दै आक्रमण भएको थियो। घेराबन्दी गरेर आक्रमण गरेका गाँउलेले कुटपिट गर्नुका साथै कतिपयलाई नदीमा होमिन बाध्य बनाइएको थियो। पीडित पक्षले चौरजहारीका वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २० विरुद्ध किटानी जाहेरी दिएका छन्। अन्नपुर्ण पोष्टबाट

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments