23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorizedरुकुम घटना हिन्दु धर्म राज्यले घटाएको- मंगोल (भिडियो सहित)

रुकुम घटना हिन्दु धर्म राज्यले घटाएको- मंगोल (भिडियो सहित)

 

निमा पोङ्स्युवा 

धरान / गत जेठ १० गते रुकुममा घटेको घटनाको मंगोल नेशनल अर्गनाइजेसन डा. गोपाल गुरुङ समुहले बिरोध जनाएको छ।

https://youtu.be/EMQ1PdqIEuY

धरानको भानुचोकमा सोमबार प्लेकार्ड सहित बिरोध प्रदर्शन गरिएको छ।प्लेकार्डमा वर्णभेदी नीति बन्द गर,मानव अधिकार लागू गर,धार्मिक अपराध बन्द गर,रुकुम हत्याकाण्ड निष्पक्ष छानबिन गर घृणित हत्या निष्पक्ष छानबिन गर जस्ता नारा लेखिएको थिए।

मंगोल नेशनल सुनसरी अध्यक्ष काजिराम राईले रुकुमको घटना हिन्दु धर्म संप्रदायको कारण भएको बताए। नेपालमा बाहुन जातकै कारण यसरी हत्या भएको आरोप लगाए।उनले दलित भनेर भगवानले नबनाएको बताए। बिश्वमा मंगोल आर्य नेग्रो सहित तीन नश्ल भएको र नेपालमा आर्य र मंगोल मात्र रहेको बताए।नेपालमा रहेका दलित कि त आर्य हुनुपर्छ कि मंगोल भएर जानुपर्ने बताए। दलितहरु आर्य हो भने किन विभेद गरिए होइन भने मंगोल हो भने साथमा साथ हातमा लिएर जानुपर्ने बताए। त्यसरी स्पष्ट हुन दलित समुदायलाई सुझाव दिए।

संघीय संयोजक बिरलाल वालाहाङ राईले नेपालको संविधान जारी गर्दा नै विभेदकारी भएको भनेर मंगोलले बिरोध गरेको बताए। उनले यो संविधान हो भने तीन जना बाहुनलाई किन छुन सक्दैन भन्दै आक्रोश पोखे।नेपालको अहिलेको संविधानले आर्यले अन्य समुदायलाई किरा फट्यांग्रा जस्तै किच्याएर मार्नको लागि बनाएको बताएको संविधान भएको आरोप लगाए। राईले यो देशको मुल समस्या भनेकै बाहुन जात र बाहुनबाद रहेको आरोप लगाए। अब अहिन्दु मुलबासी मंगोल र उत्पीडित सबै मिलेर हराउनुपर्ने बताए। जात जाती बनाउने काम आर्य बाहुनले गरेको आरोप लगाए। जुन शासन र शोषण गर्न बनाएको आरोप लगाए।बाहुन आर्य हो भने हामी मंगोल भएको बताए। दलित शब्दले घृणित बनाएको बताए।रुकुम हत्या कान्डम मंगोलको साथ र समर्थन रहेको बताए ।

संघीय सचीव लोक तामाङले रुकुम घटना राज्यले नै घटाएको आरोप लगाए।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments