25.5 C
Kathmandu
Monday, September 25, 2023
Homeसमाचाररुपन्देहीमा कोरोना आशंकित एक बिरामीको मृत्यु

रुपन्देहीमा कोरोना आशंकित एक बिरामीको मृत्यु


रेसब खतिवडा ,काठमाडौँ -रुपन्देहीमा कोरोना आशंकित ३४ वर्षिया बाबुराम थापाको मृत्यु भएको छ । । अस्पताल स्रोतका अनुसार क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका थापाको मृत्यु भएको हो। मृतक १३ गते कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भएका थिए।
चैत्र ८ गते शनिवार दुबई बाट फर्केर नेपाल घर सैना मैना न. पा. आएका थिए । चैत्र १३ गते बिहिवार बुटवल स्थित धागो कारखानाको कोरोना विशेष(अस्थायी) अस्पताल ल्याएका थिए । चैत्र १६ गते आइतबार बल्ल ल्याब टेस्टका लागि निजको स्वाब काठमाडौ पठाइयो तर चैत्र १६ गते आइतबार निजको मृत्यु भयो । तर, उनको के कारणले मृत्यु भएको त्यो अझै खुलेको छैन । स्वाब परिक्षणको रिपोर्ट २ दिज पछि आउने स्रोतले जनाएको छ ।

हाम्रो जिज्ञासा – कोरोनाको लक्षण देखिएको बिरामीको स्वाब टेस्ट ४ दिन पछि मात्र काठमाडौ पठाउने ? अनि बिरामी मरेपछी मात्र रिपोर्ट आउने ? कहिले सम्म हामी नेपाली जनताले यो ढिला सुस्तीको नियती भोगिरहनु पर्ने हो ? न जनता जिम्मेवार न सराकार जवाफदेही ?
बिरामीकाे मृत्यु भएपछि अहिले अस्पतालकाे बैठक बसेकाे छ। बैठकपछि थप जानकारी गराइने भएकाे छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments