23.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराजनीतिरेशम चौधरीको रिहाईमा लिम्बुवानको धर्ना

रेशम चौधरीको रिहाईमा लिम्बुवानको धर्ना

– निमा पोङ्स्युवा

धरान / प्रतिनिधिसभा सभाका सांसद रेशम चौधरीको रिहाईको लागि आमरण अनशन थालिएसंगै धरानमा पनि ऐक्यबद्धता जनाएको छ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च संघीय लिम्बुवान ले सोमबार धरानको भानुचोकमा दुई घन्टा धर्ना दिएका हुन।कालो ब्यानर सहित धर्ना बसेका मंचले माननीय रेशम चौधरीलाई तुरुन रिहाई गर,थारुहरुको आमरण अनशनकारिको मागलाई तुरुन्त पूरा गर,प्रदेश नम्बर १ लाई लिम्बुवान किरात खम्बुवान  नामाकरण गर भनेर लेखिएका थिए। रेशम चौधरीलाई तत्काल रिहाई गर्न भन्दै लक्षमण थारु सहितको आमरण अनशन बसिरहेका छन। अनशनलाई थप बल पुर्‍याउनको लागि पनि धर्नामा बसेको कुरा संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च संघीय लिम्बुवान सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए।अध्यक्ष इजमले अनशनमा बसेका लक्षमण थारुको समेत स्वास्थ्य अवस्था नाजुक हुँदै गैरहेको बताए ।अनशनमा बसेकालाई राज्यले सम्बोधन नगर्दा स्वास्थ्य अकस्था कमजोर भएको बताए। रिहाइको माग गर्दै लिम्बुवानका नौ जिल्लाक मुख्य शहरहरुमा धर्ना बसेको कुरा इजमले जानकारी । सुनसरी जिल्लामा धरान र इटहरीमा धर्ना बसेको बताए। इटहरीमा लिम्बुवान मंचका कार्यबाहक अध्यक्ष मनोहर थलङको नेतृत्व बसेको जानकारी दिए।धर्नालाई सम्बोधन गर्दै इजमले राज्यले विभेद गरुरहेकोले नै राज्य विरुद्ध जानुपरेको बताए। त्यही राज्यले सपथ खुवाउने अनि त्यही राज्यले फेरि जेल पठाउने यस्तो खाल्को गलत सन्देश बिश्वलाई दिएको बताए।

धर्नामा मंचका केन्द्रिय उपाध्यक्ष चन्द्रबहादुर खापुङ,संघीय विद्यार्थीका केन्द्रिय अध्यक्ष सेसेहाङ चोङ्बाङ,सचिब पुर्णकला लिम्बू,जिल्ला महिला अध्यक्ष सरस्वती लिम्बू नगर महिला अध्यक्ष नर्वदा लिम्बु,मंच धरान नगर अध्यक्ष सन्जुहाङ लिम्बू लगायतको उपस्तिथि रहेका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments