27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
Homeसमाचाररोल्पामा गएर गो,रु जो,त्दै पु,र्बसभामुख महरा …पूरा हेर्नुहोस

रोल्पामा गएर गो,रु जो,त्दै पु,र्बसभामुख महरा …पूरा हेर्नुहोस

रोल्पा । पूर्व सभामुख कृष्णबहादुर महरा लकडाउनमा पुर्खेउली घर रोल्पामा छन्। संसद् बैठक स्थगित भएको मौका पारेर महरा रोल्पा पुगेका हुन्। गृहजिल्लामा सामान्य व्यक्ति सरह उनले दैनिकी चलाइरहेका छन्। हाल उनी आफ्नै बारीमा हलो जोत्दै गरेको भेटिन्छन्। ‘राजनीति गरेदेखि सधै बाहिरको बाहिरै रहनुपर्यो, आफ्नो बारी जोत्ने मौका नै मिलेको थिएन,’ उनले भने, ‘अहिले खेतिपातीको कामका लागि परिवारका सबै सदस्य आफ्नो पुर्खेउली घर आएका छौं ।’

‘हामी जनताबाट चुनिएर गएका व्यक्तिहरु जनताभन्दा पटक्कै फरक होइनौं, जनताको जिवनशैली र हाम्रो जिवनशैलीमा फरक आउनुहुन्न भन्ने मेरो मान्यता हो,’ महराले भने, ‘जिम्मेवारी अनुसार जुनसुकै काम पनि गर्न सक्नुपर्छ, आवश्यक पर्दा नेताको भूमिकामा रहने फरक कुरा हो, तर हामी र जनताबीच फरक हुनुहुँदैन ।’

कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनहस भइरहेको उल्लेख गर्दै पूर्व अर्थमन्त्री समेत रहेका महराले नेपालले कृषि उत्पादनलाई बढाउनुपर्नेमा जोड दिए। ‘हामी कृषिमा आत्मनिर्भर हुनैपर्छ, नेपाललाई परनिर्भरमुखी अर्थतन्त्रबाट आत्मनिर्भर बनाउने प्रमुख आधार भनेकै कृषि उत्पादन हो ।’चेतना अनलाइनको सहयोगमा

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments