21.6 C
Kathmandu
Monday, October 2, 2023
Homeराष्ट्रियरोल्पामा भएको बम विस्फोटको घटनाको गम्भीर अनुसन्धान गर्न कांग्रेसको माग

रोल्पामा भएको बम विस्फोटको घटनाको गम्भीर अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष कांग्रेसले बिहीबार रोल्पामा भएको बम विस्फोटको घटनाको गम्भीर अनुसन्धानको माग गरेको छ । चार जना बालबालिकाको ज्यान जाने गरी रोल्पाको त्रिवेणी गाउँपालिकामा भएको घटनाका दोषीलाई कारबाही गर्न पनि कांग्रेसले माग गरेको छ । 

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चार अबाेध बालबालिकाको मृत्यु भएको यो घटनाबाट कांग्रेससँगै सिंगो देश मर्माहत भएको बताएका छन् । ‘द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बाँकी छ तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ । यसले हिंसाबाट समाधान खोज्न चाहने सबै थरीलाई हृदयदेखि गम्भीर र आत्मालोचित बनाउने अपेक्षा छ,’ विज्ञप्तिमा भनिएको छ।


यो घटनाको गहिरो अनुसन्धान गर्न सरकारसँग माग गर्दै कांग्रेसले भनेको छ, ‘जहाँ कहीँ पनि होलान्, यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments