28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियरौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि, आइसोलेसन बेडको अभाव

रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि, आइसोलेसन बेडको अभाव


रौतहट । रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको सख्या ७० पुगेको छ ।

आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् । संक्रमितहरुमध्ये गौर नगरपालिकाका ७ जना र राजदेवी नगरपालिकाका १ जना तथा बाँकीको स्पष्ट ठेगाना खुल्न बाँकी रहेकाे जनाइएकाे छ । तापनि उनीहरू अधिकांश देवाही गोनाहीका रहेकाे प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनभुयो ।

उहाँका अनुसार संक्रमित सबैजना सम्बन्धित पालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेकाहरू नै रहेकाे पुष्टि भएकाे छ । सबैको स्वास्थ्य स्थिति सामान्य रहेको र उनीहरुलाई जिल्लाकै विभिन्न आइसोलेसनमा राखेर उपचार गराउने तयारी भइरहेको जनाइएकाे छ ।

आइसोलेसन बेडको अभाव

संक्रमितको संख्या बढ्दै जाँदा जिल्लामा आइसोलेसन बेडको अभाव हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा हालसम्म ४० वटा मात्र आइसोलेन बेड तयारी अवस्थामा रहेका छन् ।

जिल्लाका केही पालिकाहरुले संयुक्त लगानीमा आइसोलेसन बनाउन सुरु गरे पनि त्यसको निर्माण कार्य सकिएको छैन । जिल्लामा हाल गौर नर्सिङ्ग क्याम्पसको आइसोलेसनमा १८ जना र राजपुर स्वास्थ्य चौकीको आइसोलेसनमा २६ जनाको उ’पचार भइरहेको छ । सोमबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या २ हजार ७ सय नाघेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानिय तहमा रहेका क्वारेन्टाइनमा २ हजार ७ सय ७ जना रहेका छन् । जसमध्ये २ हजार ५ सय १६ पुरुष र १ सय ९१ महिला रहेका छन् । हाल भारतमा रहेका करिब १० हजार हाराहारी जिल्लावासी घर फर्कने स्थानीय प्रशासनको अनुमान रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments