सामाजिक सञ्जाल फेसबुक लाईभमा अपशब्द बोलेर निकै विवादमा आइरहेका र्यापर शाकार अधिकारी (लील बुद्ध)लाई प्रहरीले नियन्त्रणमा लिई परिवारलाई बुझाएको छ ।शाकार अधिकारीका मामा नेपालद्धत शिवाकोटी र आमा रोजु अधिकारीले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई खोजतलासको लागि दिएको निवेदनको आधारमा उनलाई बिर्तामोडको एक होटलबाट बिहिबार नियन्त्रणमा लिई मामालाई बुझाइएको हो ।
अधिकारी प्रस्तुतिका लागि भुटान जाने भन्दै बिगत तिन दिनदेखि बिर्तामोडको एक होटलमा बास बसेका थिए ।होटलमा उनि मिकि नाम गरेकी एक युवतीसँग बसेर बुधबार साँझ फेसबुक लाईभ गर्दै राजनितिक दलका नेताहरुलाई अपशब्द बोलेका थिए । घर परिवारसँग कुनै पनि सल्लाह नगरी घरबाट हिडेको भन्दै उनको मामाले प्रहरीलाई खोजतलासको लागि सहयोग मागेको थिए ।हेर्नुहोस भिडियो:
https://youtu.be/NJwL4pQ_k-Q