23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeसमाचारलकडाउनका कारण यात्रु बिचल्ली,चारवटा बसमा उद्दार

लकडाउनका कारण यात्रु बिचल्ली,चारवटा बसमा उद्दार

धरान /सरकारले चैत १० गतेदेखि लामो दुरिको सवारी चल्न नदिने निर्णय गरेपछि विभिन्न ठाउँबाट धरान आइपुगेका यात्रुहरु बिचल्ली परेका हुन।

चैत  ९ गते राती र १० गते बिहानसम्म धरानको भानुचोकमा जम्मा भएका थिए।सोमबार बिहानै संखुवासभा भोजपुर तेह्रथुम लगायत उत्तरी क्षेत्र जानका लागि यात्रु बस चढिसकेका थिए।तर सबै यात्रु प्रहरीले झारेका हुन।यात्रु झारेपछि भानुचोक एकाएक यात्रु थप अलपत्रमा परे। प्रहरीले सरकार को निर्णय निर्देश अनुसार कार्यान्वयनमा लान खोज्दा थप बिचल्ली भएको हो। कोरोना भाइरस नेपालमा भित्रीन नदिन भन्दै आवतजावत नै बन्द गराउने निर्णय भएको हो। धरान आईसकेकाहरु गन्तव्य पुग्नमा थप समस्या सिर्जना भएका थिए।

टाढाबाट आएका यात्रु मारमा परेकोले बिचल्लीमा रहेका यात्रुलाई मात्र गन्तव्यसम्म पुग्न गाडीको ब्याबस्था गरेको जिल्ला ट्राफिक प्रहरि धरानले जनाएको छ।भोजपुरसम्म जानको लागि बसको ब्याबस्था भएको कुरा ट्राफिक प्रहरी असई दिब्यराज पोखरेले जानकारी दिए।उनले बिचल्लिमा परेकालाई चार वटा गाडी लागेको बताए।

बिहानैदेखी धरानको भानुचोक एकप्रकारले तनाब नै भएको हो।एकजना चिनी नागरिक समेत आएको हल्लाले थप धरानको भानुचोक तनाब भएको हो।चिनी नागरिक आएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुन्डिराज न्यौपाने र धरान उपमहानगरका मेयर तिलक राई समेत चिनी नागरिकको खोजिमा लागिपरेका थिए।पछि ती चिनियाँ नागरिक चतरालाईनबाट एम्बुलेन्स मार्फत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगेको जनाएको छ।

एक जिल्लाबाट अर्को जिल्ला सवारी जान रोक लगाएका छन भने भानुचोकमा सर्वसाधारणको लागि कोरोना भाईरस बारे जानकारी दिने उद्देश्यले माईकिङ गरिरहेका छन।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments