30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियलकडाउनका कारण रक्सौलमा अलपत्र परेका ३६० नागरिकलाई नेपाल भित्र्याइयो

लकडाउनका कारण रक्सौलमा अलपत्र परेका ३६० नागरिकलाई नेपाल भित्र्याइयो


काठमाडौँ । बिगत केही दिनदेखि रक्सौलमा अलपत्र परेका साढे तीनसय नेपाली वीरगञ्ज नाकाहुँदै बुधबार बिहान स्वदेश भित्रिएका छन्।

कोरोना भाइरस (कोभिड१९) रोकथामका लागि भएको लकडाउनको कारण भारतीय भूमिमा अलपत्र परेका नेपाली स्थानीय प्रशासनको सहयोगमा नेपाल भित्रीएका हुन्। उनीहरु भारतका विभिन्न सहरबाट रक्सोल आएर रोकिएका थिए।

वीरगञ्ज नाकाहुँदै बुधबार बिहान ३ सय ६० जना नेपाल भित्रिएका स्थानीय प्रशासनले जनाएको छ। भारतका विभिन्न स्थानमा रोजगारी, घुमफिर लगायतका कामले गएर अलपत्र परेका नेपाली लकडाउन सुरु भएको ६५ दिनमा आफ्नो देश भित्रीयाइएका वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जानकारी दिए।

भारतबाट आएका सबैलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल भित्रन दिइएको हो,’ सरावगीले भने।

वीरगञ्ज हुँदै आएका तीनसय ६० नागरिक देशका ३२ जिल्लाका छन्। जसमा एकसय जना वीरगन्जसहित पर्सा जिल्लाका भएका स्थानीय प्रशासनले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments