22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
HomeUncategorizedलकडाउनमा धरान उपमहानगरलाई संयन्त्र बनाउन सुझाव

लकडाउनमा धरान उपमहानगरलाई संयन्त्र बनाउन सुझाव

चैत १४,धरान /संघीय सरकारले लक डाउन गर्ने निर्णय गरेसगै देशैभरी लक डाउन भएको छ।लकडाउनको शुरूवातमा प्रहरीले र जनप्रतिनिधिले भाटा हानेर जनता सचेत गराउने एउटा तमासा नै देखाए।तर वास्तविकता नबुझी भाटा हान्नु कत्तिको जायज होला भन्ने बारे भने दुई मत देखिएको छ।रहरले हिँडेकाहरु जो जानकार हुँदाहुँदै बाहिर निस्कनेलाई सहि भए पनि समस्या नबुझी आक्रमण गर्नु गलत भएको सर्वत्र आलोचना भएको छ।देश संघीयतामा गैसकेको अवस्थामा प्रदेश सरकार र स्थानिय सरकार गैर जिम्मेवार जस्तो अवस्थामा रहेको भन्दै लक डाउनको अवधीमा स्थानीय सरकार अर्थात धरानमा धरान उपमहानगरपालिकाले खेल्नुपर्ने भुमिका बारे समाजवादी पार्टी किरात राष्ट्रिय समिति सदस्य सुबासचन्द्र राईले आफ्नो सामाजिक संजाल फेसबुकमा यसरी सुझाव दिएका छन:

धरान नगरपालिकाले यस्तो संयन्त्र बनाउदा उपयुक्त होला :

१. चामल, दाल, नुन, तेल सकेर बिपदमा परेका परिवार वा ब्याक्तिलाई आपतकालिन सहयोग गर्न बनेको संयन्त्रको संय‍जकको फोन नम्बर भाईरल गर्ने, ntc, ncell लाई सबै ग्राहकको मोबाईलमा सो नम्बर म्यासेज गर्न लगाउने । यसो गर्दा अापतमा परेको पीडितले सम्बन्धित ठाउँमा आफै फ‍ोन गरि आफ्नो अवस्था बताई तुरुन्त सहयोग पाउन सक्छ ।(यस्तो बेला ktm को मेयरले भनेझै गरिबको डाटा संकलन गरेर सम्भव छैन)             

२. लकडाउनमा रहेको अवस्थामा कोही बिरामी भए तुरुन्त एम्बुलेन्स उपलब्ध गराउन सम्बन्धित ब्याक्ति, निकायको फोन नम्बर पनि भाईरल गर्ने र आवश्यक परेको बेला तुरुन्त उपलब्ध गराउने । अहिले ambulance कालो बजारी भएको सुनिएको छ।                       

३. आफ्नो घरमा, छिमेकीमा कोही नयाँ मानिस आएमा सो जानकारी कहाँ गराउने सम्बन्धित ब्यक्ति, संस्थाको फोन नम्बर पनि माथि भनिए जस्तै सबैलाई जानकारी गराउने ।             

४. माथि उल्लेखित सेवा दिने निकायमा सिकायत गर्दा नि प्रभाकारी सेवा उपलब्ध नभए वा सेवा नपाए, सम्बन्धित ब्याक्तिको फोन, मोबाईल switch off, सम्पर्क नहुने भएमा सिकायतको लागि सो सबै निकाय कन्ट्रोल गर्ने प्रमुखको फोन नम्बर पनि माथिकै प्रक्रियामा भाईरल गर्ने । यति गरे केही प्रभाकारी सेवा जनताले पाउन सक्छन् ।     

सुबासचन्द्र राई धरान -१७

                       

                           

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments