निमा पोङ्स्युवा
बैशाख २८,धरान /लिपुलेकमा भारतले बाटो खोलेको भन्दै धरानमा युबा विद्यार्थी सडकमा आएका छ्न।
संसदको बजेट अधिबेशन शुरु भएपछि संसद बैठकमा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले यस बिषयमा बोलेपछी चर्चाको बिषय बनेको छ। भारतले लिपुलेक हुँदै चिन जोड्ने बाटो नेपाल सरकारलाई समेत थाहा नदिइ बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन।
https://youtu.be/Cd7NJgvGrZg
लकडाउनको पर्वाह नगरी धरानका युबा विद्यार्थी लिपुलेकमा भारतले अतिक्रमण गरेको भन्दै सडकमा आएका हुन। आइतबार दिउँसो सत्तापक्ष नेकपाका युबा विद्यार्थी र जनता समाजवादीका युबा तथा विद्यार्थीले भारत बिरोधी नारा लगाएका थिए। युबा तथा विद्यार्थीले भारतिय बिस्तारवाद मुर्दाबाद भारतिय हस्तक्षेप बन्द गर जस्ता नारा लगाएका थिए। महेन्द्र बहुमुखी क्याम्पस धरानबाट भेला भएर भानुचोकसम्म निस्केका थिए।क्याम्पस परिसरबाट नै प्रहरीले रोक्न खोजेका थिए।भानुचोकमा पनि प्रहरीले कालो पट्टिलाई खोसेका थिए।
महेन्द्र बहुमुखी क्याम्पसका सभापति सागर चेम्जोङले राष्ट्रियताको सवालमा स्वतस्फूर्त रुपमा युबा तथा विद्यार्थी आएको बताए। आयोजक बिना नै युबा विद्यार्थीले सन्देशमुलक र्याली भएको बताए।उनले राष्ट्रियताको सवालमा जुनसुकै पार्टीको भए पनि राष्ट्रियताको सवालमा एक हुनुपर्ने बताए।
सत्तापक्ष नेकापाका युबा कार्यकर्ता खेम रनपहेलिले सरकारलाई समेत दवाब दिने उद्देश्यले बिरोध प्रदर्शन गरेको बताए। साथै भारतले समेत अतिक्रमण गरेकोले बिरोध गरेको बताए।युबा विद्यार्थी प्रतिपक्षीको भुमिका निर्वाह गरिने बताए। विद्यार्थीले यस्ता बिषयमा निरन्तर खबरदारी गरिरहेको बताए।उनले सरकारले कुटनैतिक ढंगले समाधान गर्नुपर्ने बताए। राष्ट्रियताको सवालमा युबा विद्यार्थी पार्टीको येस मेन नहुने समेत प्रतिवद्दता जनाए।
बिरोध जुलुसमा जनता समाजवादिका प्रदेश १ का समाजवादी युबाका अध्यक्ष श्री सुब्बा समाजवादी विद्यार्थी युनियनका विद्यार्थीहरु सत्तापक्ष नेकपाका विद्यार्थी तथा युबाहरु कालो पट्टि राष्ट्रिय झण्डा बोकेर नारा लगाउदै भानुचोक उत्रेका थिए।