27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
Homeधर्मलकडाउनले नवाज पढ्न पाएन

लकडाउनले नवाज पढ्न पाएन

 – निमा पोङ्स्युवा

चैत १४,धरान / कोरोना भाइरसले बिश्वब्यापी संक्रमित पारिरहेको बेला नेपालमा समेत लक डाउन गरेपछि त्यसको असर इस्लाम धर्ममा पनि प्रभाव परेको छ।

धरान स्थित अन्जुमानिया ईस्लामिक मस्जिदमा आज शुक्रबार नबाज पढिने दिन थियोे ।धरा ३ स्थित मस्जिदमा नवाज पढ्न १ हजार पाँच सयदेखी दुई हजारसम्म भेला हुने कुरा मस्जिदका सचिब अफाक अहमदले जानकारी दिए।सचीव आलमका अनुसार सरकारले गरेको सतर्कता लक डाउनलाई इस्लाम धर्मावलम्बीले पनि समर्थन गरेको जानकारी दिए।बिश्वब्यापी रुपमा कोरोनाका संक्रमण र सन्त्रास फैलिरहेको बेला अन्जुमानिया इस्लामिक मस्जिदले पनि समर्थन गर्दै इतिहासमा पहिलोपटक स्थगन गरिएको छ,- उनले भने।शुक्रबार भेला भएर गरिने नबाज दुई तीन जना भेला भएर पढिएको कुरा बेगम अन्सारी ले जानकारी दिए।अन्सारीका अनुसार आफ्ना श्रीमा मोहम्मद मनोवर आफन्तकोमा नवाज पढ्न गएको बताए।

नेपाल सरकारले चैत १० गतेदेखि देशैभरी लक डाउन गरेपछि आज शुकवार पहिलो पटक नवाज पढ्नमा प्रभाव परेको हो।लक डाउनपछी हिडडुल गर्न प्रतिबन्ध र २५ जना भन्दा बढी भेला नहुन उर्दी जारी गरिएको छ।लक डाउनको चौथो दिनसम्म आइपुग्दा भेला गर्न नभै हिड्डुलमा समेत पुर्णरुपमा प्रतिवन्ध लगाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments