22.1 C
Kathmandu
Monday, May 29, 2023
E Sewa
HomeUncategorizedलकडाउनले बिचल्ली कालोबजारी भोकमरी निम्त्याएको भन्दै सडकमा उत्रे

लकडाउनले बिचल्ली कालोबजारी भोकमरी निम्त्याएको भन्दै सडकमा उत्रे

धरान / कोरोना भाइरस कोभिड १९ ले बिश्वमा मानव जातिको ज्यान लिइरहेको भन्दै नेपाल सरकारले पनि सवारी बन्द हवाई उडान रद्द र भारतीय तथा चिनियाँ नाकामा आवातजावत बन्द हरेको छ।

https://youtu.be/LZobx2K0FT8

लकडाउन ४० दिन पुगेकोमा निम्न बर्गमा यस्ले प्रभाव पारेको तर सरकारले ब्यबस्थित गर्न नसकेको भन्दै धरानमा हर्क साङ्पाङ ७ बुँदे माग लिएर सडकमा निस्केका थिए। उनले हातमा प्लेकार्ड सहित बोकेर धरानको भानुचोक आएका हुन। उनको प्लेकार्डमा लकडाउन ब्याबस्थापन गर।प्रसस्त राहत बितरण गर।गरिब जनता भोकै छन।नेपालीलाई घर देश ल्याउ।कालाबजारिक्ल अन्त्य गर।सानालाई ऐन ठुलालाई चैन छ लेखिएका थिए। आफू सरकारले लगाएको लकडाउनको ४० औ दिनसम्म पालना गरेको भन्दै बिना तयारी गरिएको लकडाउन ब्यबस्थित गर्न संघीय सरकार प्रदेश सरकार र स्थानिय सरकारको ध्यानाकर्षण गरिएको छ।

                                        मिति: २०७७-१-२०

श्री तीनै तहका नेपाल सरकार !

बिषय: माग पूरा गरी स्थिति सुधार गरिपाऊँ भन्ने बारे !

उपरोक्त सम्बन्धमा Covid-19 को महामारीबाट बच्न नेपाल सरकारले लक डाउन लागु गरेको ४० दिन बितिसक्दा पनि उचित व्यवस्थापन गर्न नसकेको कारण नेपाली जनतालाई पर्न सम्मको सास्ती परिरहेको हुँदा सरकारको ध्यानाकर्षण गराउँदै निम्न मागहरु पूरा गरिपाऊँ भनी अनुरोध गर्दछु !

मागहरु:

१. लक डाउन लागु भएको ४० दिन बितिसक्दा पनि आफ्नो घर फर्कन चाहने विदेशमा अड्किएर रहेका तथा स्वदेशमै अन्यत्र गएका नेपालीहरुलाई सरकारले उनीहरुका घरसम्म ल्याउन सकेको छैन ! उनीहरुलाई स्वदेश ल्याएर व्यवस्थित कोरन्टाइन्मा राखी सुरक्षित रहेको पक्का भएका जतिलाई घर परिवारसँग भेट्ने वातावरण बनाइयोस् ! संक्रमित पाइएका जतिलाई उचित उपचार दिइयोस् !

२.  सरकारले घोषणा गरे अनुसारको पर्याप्त राहत प्रभावकारी ढङ्गले वितरण भएको छैन ! बोल्न सक्नेले मात्रै राहत पाएका छन् ! महिनौसम्म घर भित्रै थुनिएर बसेका गरीब दु:खी जनतालाई प्रत्येक दिन खान पुग्ने राहत वितरण गरियोस् ! अति-निम्न, निम्न र मध्यम बर्गका जनताहरुको पहिचान गरी उनीहरुको आवश्यकता अनुसार नियमित रुपमा राहत वितरण गरियोस् ! राहत वितरण कार्यमा कुनै किसिमको दलीय या जातिय विभेद नगरियोस् ! भोक भोकै घर भित्र थुनिएर बस्नु पर्ने वाध्यताको अन्त्य गरियोस् !

३. साना तिना पसले र सर्बसाधरण जनताका लागि अति सख्त बनेको यो लकडाउनको ठुला व्यापारी र ठुला बढालाई भने केही प्रभाव परेको देखिन्न ! यो लक डाउनको अवधिमा कालाबजारी र भ्रष्टाचार मौलाएर गएको छ ! सबैका लागि एक नाशको व्यवहार गरियोस् ! कालाबजारी तथा भ्रष्टाचार गर्नेहरुलाई कडा भन्दा कडा कारवाही गरियोस् !

४. महामारी बिरुद्ध लड्न सरकारले पर्याप्त चिकित्सक, मेडिकल स्टाफ तथा आवश्यक उपचार सामाग्रीहरु तयार गरेको देखिन्न ! लक-डाउनको बेलामा कोरोना बाहेक अन्य रोगहरुका उपचारलाई स्थगित गर्नाले बिरामीहरुलाई पर्न सम्मको मार परिरहेको छ ! मेडिकल स्टाफ आफै कोरोनाको त्रासमा डराएर बसेका छन् ! कोरोनाको उपचारार्थ पर्याप्त जनशक्ति, स्रोत साधन तथा सेवा सुबिधाहरुको प्रबन्ध मिलाइयोस् ! उनीहरुको मनोबल बढाउने वातावरण बनाइयोस् ! कोरोना बाहेकका रोगहरुलाई समेत उपचार गराउन सक्ने वातावरण बनाइयोस् !

५. कोरोनाको कुनै प्रभाव र सम्भावना नरहेका गाउँ तथा ठाउँहरुमा नाका बन्द गरेर लक-डाउन सहज गरियोस् ! त्यस्ता क्षेत्रहरुमा रोग भन्दा राज्यको डरले घर भित्र थुनिएर बस्नु पर्ने त्रास कम गरियोस् ! विषम परिस्थितिमा पनि बाँच्न सक्ने वैकल्पित अर्थतन्त्रको बारेका सोच्न थालियोस् !

६. कोरोना बिरुद्ध लड्न सरकारले के कस्ता नीति तथा कार्यक्रम बनाएको छ ! सो सम्बन्धि जानकारी सबै तिर सार्बजानिक गरियोस् ! लक-डाउनको अवधिमा अन्य रोगहरुको उपचार पाउने बिधिको बारेमा जानकारी सार्बजानिक गरीयोस् !

७. राज्यले लक-डाउनको बारेमा पर्याप्त जानकारी नदिइकनै लक-डाउन लागु गरेको हो ! लक-डाउन उलंघन गरेको भन्दै राज्यले आफ्नो नागरीकहरु माथि निर्घात कुटपिट गर्ने गरेको पाइएको छ ! नागरीकको मानवाधिकारको रक्षा गरियोस् र यस्तो अभद्र हिंसात्मक व्यवहार बन्द गरियोस् !

हर्क साम्पाङ्

यो देशको एउटा करदाता र मतदाता

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments