निमा पोङ्स्युवा
धरान /धरान उपमहानगरले बाहिरी तरकारी ल्याउन प्रतिबन्ध लगाएकोमा सोताङ अर्गानिक फार्मका कृषक कृष्ण राईले अब तरकारीमा धरान उपमहानगर आत्मनिर्भर बन्ने प्रतिक्रिया दिए।
शुक्रबार उदयपुर जिल्लामा कोरोनाको संक्रमित भेटिएपछि धरानमा बाहिरी तरकारी ल्याउन प्रतिबन्ध लगाएको निर्णय गरिएको छ।यस निर्णयले आगामी दिनमा पनि धरान उपमहानगर तरकारीको लागि आत्मनिर्भर हुने कुरा कृषक कृष्ण राईले बताए। उपमहानगरले कोरोना भाइरसको संक्रमित बढेको भन्दै बाहिरी तरकारी तथा आवातजावतमा प्रतिबन्ध लगाएको छ। शनिबार बसेको सुरक्षा समितिको बैठकले बाहिरी तरकारीमा प्रतिबन्ध लगाउदै धरान भित्र नै उत्पादन भएको तरकारी मात्र उपभोग गर्नुपर्ने निर्णय गरेको छ।त्यसैगरी दूध समेत साइकल तथा मोटरसाइकलमा ल्याउन प्रतिबन्ध लगाएको छ।दूध ल्याइनु परे एकमुष्ट ल्याएको खण्डमा मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ।
https://youtu.be/kZXUEEBQ0Nw
यस्तो निर्णयले आगामी दिनमा धरान तरकारी र दुधमा आत्मनिर्भर हुने अबसर भएको कृष्ण राईले बताए । उनले तत्कालै आफ्नो फार्मले धान्न सक्दैन तर आगामी दिनमा यो सम्भब रहेको बताए।
उनले साबिक पाँचकन्या गाबिस र बिष्णुपादुका गाबिसलाई कृषि क्षेत्र वडाको रुपमा नीति योजना तर्जमामा राखेको स्मरण गराए।यसरी योजना कार्यक्रमलाई पारदर्शिताको रुपमा लाने हो भने धरान कृषि अन्तर्गत तरकारीको लागि आत्मनिर्भर बन्ने बताए।उनले अहिलेको परिस्थिति लाई मध्यनजर गरेर पाठ सिक्दै अगाडि बढ्ने हो भने धरानको भबिस्य राम्रो भएको बताए। धरानमा बाहिरबाट तरकारी र दूध नआए पनि बाच्नसक्ने हैसियत भएको बताए। तत्काल आफ्नो फार्ममा टमाटर,सिबि,साग,गट्टा,फर्सिको मुन्टा लगायतको तरकारी रहेको बताए ।त्यसैगरी बर्खे तरकारीमा लौका घिरौला भेन्टी केही समयमा नै तयारी हुने बताए। उनले बिगत बर्षदेखी सोताङ अर्गानिक फार्मबाट ७० बढी घरपरिवारले नियमित ग्राहक रहेको भन्दै त्यही अनुसार पुर्यादै आएको बताए । पछिल्लो समयमा व्क सय पचास घरपरिवारलाई सोताङ अर्गानिक फार्मले तरकारी पुर्याउदै आएको बताए।
कृषक कृष्ण राईको आफ्नै फार्मबाट मात्र टमाट,सिमि,घिरौला लगायतको तरकारी वार्षिक १० देखि १२ टनसम्म उत्पादन हुने बताए।त्यसैगरी सागहरु ३ देखि ४ टन फलफुलजन्य ६ देखि ७ टन उत्पादन हुने जानकारी दिए।त्यसैगरी उनको फार्मबाट दूध दैनिक २५० लिटरको दरमा वर्षमा ९० हजार लिटर उत्पादन भैरहेको जानकारी दिए । धरान वडा नम्बर ४ मा १५० घरधुरीले अर्गानिक खेती गरिरहेको बताए।करिब ३० हेक्टर जमिनमा गरिएको अर्गानिक तरकारी खेतिबाट आफ्नो फार्म बाहेक अन्यबाट आठ गुना तरकारी उत्पादन हुने राईले जानकारी दिए।
भारतबाट तरकारीसंगै कोरोनाको जोखिम बढेपछि सुरक्षा बैठकले तरकारी आयातमा प्रतिबन्ध लगाएको छ। उदयपुर जिल्लामा कोरोनाको संक्रमित देखिएपछि धरानमा बाह्य तरकारी भित्रीन नदिने निर्णय धरान उपमहानगरमा बसेको सुरक्षा बैठकले निर्णय गरेको छ।
साच्चै भन्ने हो भने धरान मात्र होइन आत्म निर्भरको लागि कोरोना भाइरसबाट बच्न गरिएको लकडाउनले पुरै नेपाल नै आत्म निर्भर बन्ने अवसर देखिन्छ। कोरोनाले छिमेकी देअह चिनपछी भारतमा संक्रमितको संख्या बढ्ने क्रम जारी छ। भारतमा नै खाद्य संकट हुने अवस्थामा लकडाउनले भारतमा आत्मनिर्भर पर्ने नेपालले अव आफै उत्पादनमा जोड नदिएको खण्डमा आगामी वर्षमा भोकमरीले सताउने निश्चित छ।
नेपालमा भारतबाट यस अघि भएका नाकाबन्दीले पनि आत्मनिर्भर बनाउनमा चुनौती दिए पनि राज्यको परनिर्भर नीति यथावत र आत्मनिर्भरमा कम चासोका कारण बाराम्बार संकट आइपरेको छ।