22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
HomeUncategorizedलकडाउन उलंघन गर्ने भानुचोकमा

लकडाउन उलंघन गर्ने भानुचोकमा

निमा पोङ्सुवा

बैशख २१,धरान / लकडाउन उलंघन गरेर बाहिर निस्केको  भन्दै धरानका विभिन्न स्थानबाट ३१ जनालाई नियन्त्रणमा लिएको छ।

आइतबार दिउसो धरानका विभिन्न स्थानबाट लकडाउन उलंघन गर्नेलाई नियन्त्रणमा लिइ बसपार्कको मैदानमा राखिएको छ। विभिन्न बहानामा बाहिर आउने भएकोले नियन्त्रणमा लिएको कुरा वडा प्रहरी कार्यालय ब्जानुचोकका सइ हेम लिङ्देनले जानकारी दिए। उनले औषधि किन्ने भनेर दिनभरि पुर्जा बोक्ने,ग्यास लिन भनेर बाइकमा खाली सिलिन्डर बाँधेर घुमिरहने पनि भेटिएको सइ लिङ्लेनले बताए। उनले यदि तेस्तो अत्यावश्यक काम भएमा इलाका प्रहरी कार्यालयको मोबाइल नम्बर ९८५२०९०१२६ मा जानकारी गराएर जान सकिने बताए ।

नियन्त्रणमा लिएका धरान १५ का सिजल तुम्बाहाम्फेले औषधि किन्न महादेव चोकबाट आउदा वडा प्रहरी कार्यालय नजिकबाट नियन्त्रणमा लिएको बताए।उनिहरु दिई जना आउदै गरेको तर कुरा सुनुवाइ नै नगरी गाडीमा चढाएको बताए।उनले आमाको नामको एटीएम कार्ड सनराईज बैंकको साथमा लिएर आएको बताए। एउटा औषधि जीवनकालमा खानुपर्ने भएको जुन औषधि क्याम गेट अगाडि मात्र पाउने भएकोले किन्न आएको बताए। उनीहरुको साथमा पुर्जा पनि बोकेका थिए।तेस्तै धरान १५ बस्ने गंगा गिरिले आफू भौडिमा सब्जी व्यापार गर्दै आएको आज बिहान पसलमा औषधि छोडिएकोले लिन आउदा नियन्त्रणमा लिएको बताए।

दैनिक जसो लकडाउन उलंघन गर्नेलाई तीन घन्टासम्म राखेर छाडिदै आएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments