निमा पोङ्स्युवा
धरान / कोरोना भाइरसबाट बच्न घर भित्र बस्न लकडाउन गरिए पनि यसको उलंघन गर्ने पनि उत्ति नै छ।
लकडाउन उलंघन गरेर बाहिर घुमेको भन्दै धरानको शनिबार भानु चोकमा खटिएको प्रहरीले ३० जनालाई नियन्त्रणमा लिएको छ। यसरी उलंघन गर्नेहरूलाई भानुचोकको खुला मैदानमा राखिएको हो।उनिहरुलाई तीन घन्टासम्म बसपार्क खुला ठाउँमा राखिएका हुन। यसरी बाहिर हिडेको भन्दै दिउसो ३ बजेदेखि साँझसम्म हिड्नेहरुलाई नियन्त्रण लिएको कुरा ड्युटीमा खटिएका प्रहरी जवान अरुणा राजवंशीले जानकारी दिए। साँझसम्म जम्मा ३० जनालाई नियन्त्रणमा लिएका थिए।उनिहरुलाई बेलुका ७:३० बजे छाडिएको छ।
अधिकांसले उनिहरु नियन्त्रण गरेकोमा प्रहरीको बिरोध जनाएको पाइएन। धरान उपमहानगर वडा नम्बर ५ देउराली किरात चोकबाट एटीएमबाट पौसा निकालेर किनमेल गर्न निस्केको बताए।यसरी किनमेल गर्न भनेर दावा लिम्बु,सासुके एभेङ र अशोक सहित तिनजना आएको बताए।एटीएमबाट पैसा निकालेर सामान किन्न आएको भन्दा पनि नियन्त्रणमा लिएको बताए । आफुहरुले सामन किनेर जाने भनेर बिश्वास दिलाउदा पनि नछोडेको गुनासो गरे।देउरालीमा प्रहरी चौकी जनप्रतिनिधिलाई सोधेर आउदा सजिलो हुन्थ्यो नि भन्दा त्यही कुरा नगर्नु गल्ती भएको बताए ।त्यसैगरी पोखराबाट महेन्द्र बहुमुखी क्याम्पसमा फर्निचर बनाउन आएका अश्बिन खड्का पनि नियन्त्रणमा परेका थिए। उनले पोखरा जाने गाडी सोधन भानुचोक निस्किएको तर आफुलाई नियन्त्रणमा लिएर राखेको बताए। हिजो र आज महेन्द्र क्याम्पसबाट विभिन्न जिल्लाका विद्यार्थीहरु प्रहरीकै सहयोगमा बाहिरीरहेका छ।यदि यसरी जाने भए प्रहरीलाई भन्दा सहज हुने भन्दै डिउटिमा खटिएका प्रहरीले मोबाइल नम्बर उपलब्ध गराएको थियो। बिहीवार काठमाडौबाट आएक लक्ष्मी राई र गंगा राईलाई भानुचोकबाट नै प्रहरीले गाडिमा चढाई संखुवासभा पठाएका थिए।शुक्रवार काठमाडौबाट आएका १४ जनालाई होप धरान र प्रहरीले धरान भानुचोक आएकालाई गाडी रोकि संखुवासभा तेह्रथुम भोजपुर लगायतका ठाउमा पठाएका थिए।