23.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराष्ट्रियलकडाउन उल्लघंनगरेको बाहना बनाउदै २ युवालाई कुटपिट गर्ने सशस्त्रप्रहरीका हवल्दार चौधरी पदबाट...

लकडाउन उल्लघंनगरेको बाहना बनाउदै २ युवालाई कुटपिट गर्ने सशस्त्रप्रहरीका हवल्दार चौधरी पदबाट निलम्बित

नेपाल–भारत सीमा नाका बन्द र लकडाउनको समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार पदबाट निलम्बित भएका छन् । सप्तरीको बलान बिहुल गाउँपालिका ३ का युवालाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडिओ सामाजिक सञ्जालमा यत्रतत्र भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट् रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हवल्दार मनोज चौधरी निलम्बित भएका हुन् ।(कोभिड १९)कोरोना संमक्रमण रोकथामका लागि खटिरहेको सशस्त्र प्रहरी बल देश र देशवासीको सुरक्षाका लागि खटिरहेको बताउँदै सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र एसपी उद्धव न्यौपानेले आरोपित चौधरीलाई तत्काल निलम्बन गरिएको बताउनु भयो ।

आदेश विपरीत सर्वसाधारणलाई कुटेको आरोपमा चौधरीलाई निलम्बन गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।
लकडाउन उल्लघंन गरेको आरोपमा बलान बिहुल ३ मौवाहाका हरेकृष्ण शाह र चन्द्र यादवलाई बलान बिहुल गाउँपालिकाको दजशगजा क्षेत्रमा फेला पारी सशस्त्र प्रहरी हवल्दार चौधरीले कुटपिट गरेका थिए । कुटपिटको उक्त भिडिओ सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल नेपालको हल्चोकमा रहेको मुख्यालयले छानविन गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments