27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
Homeराष्ट्रियलकडाउन खुकुलो बनाउने विषयमा उच्चस्तरीय समितिमा छलफल

लकडाउन खुकुलो बनाउने विषयमा उच्चस्तरीय समितिमा छलफल


काठमाडौं । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएपछि सहज बनाउँदै लैजाने विषयमा छलफल गरेको छ ।

शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सहज बनाउँदै लैजाने विषयमा छलफल गरेको हो।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले स्वास्थ्य मन्त्रालयद्वारा जारी स्वास्थ्य सुरक्षा मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डमा रहेर औद्योगिक र निर्माणजन्य उद्योग, व्यवसाय सञ्चालन गरिने बताए।

यससँगै विकास निर्माणका कामलाई पनि अगाडि बढाइने छ।

पहिलो चरणमा उद्योग, कलकारखानासँगै विकास निर्माणका काम र आधारभूत आवश्यकताका क्षेत्र खुकुलो बनाइने र त्यसपछि चरणवद्ध रुपमा वर्कआउट गरिने उनले बताए। यद्यपि, यो विषयमा समितिको अर्काे बैठकमा छलफल गरेर निर्णय लिइनेछ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तय गर्न समितिलाई निर्देशन दिएको थियो। नेपालमा चैत ११ देखि लकडाउन लागू भएकाेमा पटकपटक लम्ब्याइँदै आइएकाे छ। पछिल्लाे समय ३२ जेठसम्मका लागि लकडाउन कायम गरिएकाे छ।

पछिल्लो समय लकडाउन लम्बिदै गएपछि उद्योगी व्यवसायीहरुले सरकारलाई उद्योग व्यवसाय खोल्नका लागि दबाब दिदै आएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments