22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराष्ट्रियलकडाउन बढाउने वा खोल्ने बारे निर्णय हुँदै

लकडाउन बढाउने वा खोल्ने बारे निर्णय हुँदै

विश्वभरी कोरोनाको खतरा बढेपछि चैत ११ गतेबाट मुलुकमा लकडाउन जारी  छ । वैशाख १५ गते सोमबार रातिदेखि लकडाउनको समय  अवधि सकिँदैछ । लकडाउन बढाउने वा खोल्ने, त्यस्तै खोल्दा कुन अवधारणामा खोल्ने भन्ने जस्ता विषयमा आज कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले निर्णय गर्ने छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठकको निर्णयका आधारमा लकडाउनको स्वरुप परिवर्तन गर्ने वा अहिलेकै अवस्थालाई निरन्तरता दिने भन्ने निक्र्योल गरिने समितिका सदस्य समेत रहेका एक मन्त्रीले जानकारी दिए ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेल नेतृत्वको सो समितिलाई लकडाउनबारे छलफल गर्न जिम्मा दिएको थियो ।

शुक्रबार झापाका एक पुरुषमा कोरोना भाइरस पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ भने ११ जना निको भएर घर फर्किएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments