बाग्लुङ घर भइ हाल पोखरामहानगरपालिका वडा नं१७ घारिपाटनमा दुई छोराहरुलाई पढाउन बसेकी लक्ष्मी परियार गएको सोमबारदेखि बेखबर बनेकी छन् । परियारका अनुसार दाजु रोजागरीको सिलसिलामा विदेश रहेको र, उक्त दिन दुई छोराहरुसंग खाल्टेमसिनामा रहेका आफन्तकोमा जान भनि निस्किएकोमा ‘आज तिमीहरु जाओ,म भोली बिहानै आउंछु’ भनि खाल्टेमसिना जाने माइक्रोबसमा चढाएको छोराहरुलाई उद्दृत गर्दै परियारले जानकारी दिएका छन् ।
दुई छोरा मध्ये एक जना १२ बर्ष र अर्का ६ बर्षका छन् । घटनाबारे जानकारी भए पश्चात उनको खोजिकार्य गरिएपनि हालसम्म कतै फेला पार्न नसकिएको उनले बताए । छोराहरुलाई छोडेर श्रीमती सम्पर्क बिहिन बनेपछी रोजगारीको सिलसिलामा १ बर्ष अगाडी दुवई पुगेका श्रीमान नेपाल आउदैछन् । हेर्नुहोस् भिडियो :