– निमा पोङ्स्युवा
कोरोना भाइरस ( कोभिड १९) बाट बच्न विश्वभरी रोकथामको उपाय चलिरहेको बेला नेपालमा पनि लक डाउन गरिएको छ। नेपालमा यहि चैत १० गतेदेखि लक डाउन गरिएपछि कसरी समय बिताउने भन्ने छट्पटीसंगै हप्तौ बिताईसकिएको छ।यस बिच कसैले तास खेलेर बिताए कसैले लुडो खेलेर बिताए।कसैले गीत गाए नाचे कविता वाचन गरे कसैले आफ्नै करेसाबारिमा काम गरे कसैले टिकटक बनाएर समय बिताएको कुरा त सामाजिक संजाल फेसबुकमा हामिले देखिरहेका छौ।
तर यो लक डाउनको समयमा सिर्जनात्मक काम गरेर समयको सदुपयोग गर्ने सिर्जनसिल ब्यक्तिहरु भने कमै मात्र भेटिन्छन।साबिक रुपमा घर भित्र नै गरिदै आएको यस्ता खाले कामले लक डाउन जस्तो अप्ठ्यारो परिस्थितिमा पनि समय ब्यतित गर्न मदत मात्र होइन आय आर्जनको काम समेत बन्ने गरेको छ।अझ भनौ देशमा पहिचानको कुरा चर्किरहेको बेला लक डाउनले पहिचान बचाउन समेत थप मद्दत पुगेको छ ।
`एकातिर दिन काट्ने माध्यम बनेको छ भने अर्को तिर आम्दानिको श्रोत बनेको छ।अनि अर्को तिर आफ्नो समुदायको पहिचानको प्रतीक सिलाम साक्मा तयार गर्ने सीप समेत भएको छ।´
धरान १८ बुद्ध चोक स्थित एभरेष्ट ग्रीन टि सन्चालन गर्दै आएका लिलिस पोमु एक गृहिणी अनि ब्याबसायी हुन। उनी लिम्बू याक्थुङ समुदाय का हुन। बिगत केही वर्षदेखि अर्गानिक ग्रीन टि बिक्री गर्दै आइरहेका छ्न। आदिवासी लिम्बू समुदाय पहिचानको बिषयमा संघर्षरत पनि छन।लिम्बु समुदायमा पहिचानका विविध बिषयहरु छन अन्य समुदायका जस्तै।त्यस्तै बिषय हो `सिलाम साक्मा´ । याक्थुङ लिम्बु समुदायमा सिलाम साक्माको आफ्नै महत्व छ। यसको अर्थ हुन्छ `सि´ को अर्थ मृत्यु, `लम´ को अर्थ बाटो र `साक्मा´को अर्थ हुन्छ रोक्न।अर्थात सिलाम साक्माको अर्थ मृत्युको बाटो रोक्नु मृत्युबाट बचाउने एउटा बुट्टिको रुपमा लिइन्छ।सिलाम साक्मा याक्थुङ लिम्बुका फेदाङ्मा येबा साम्बाले बिरामी हुँदा मन्साएर फाल्ने गरिन्छ। त्यही सिलाम साक्मा याक्थुङ लिम्बु समुदायले जातिय पहिचानको चिनारीको लोगोको रुपमा लिएको छ।यसरी लोगोको रुपमा लिएपछि पछिल्लो समयमा सिलाम साक्माको प्रयोगसंगै यसको माग पनि बढेको छ।र यसको महत्त्व यसबारे खोजी र चर्चाको बिषय बनेको छ।
यसरी सिलाम साक्माको महत्त्वसंगै हरेक याक्थुङ लिम्बु समुदायले प्रतिकको रुपमा प्रयोग गर्न थालेपछि यसको माग पनि बढेको छ।हो,त्यही मागलाई एभरेष्ट ग्रीनटीका सन्चालक लिलिस पोमुले उत्पादनमा प्रयासरत छन।
लिलिस पोमुले लक डाउन अघि पनि सिलाम साक्मा तयार गरेर बिक्रीबितरण गरिदै आईरहेका छ्न।उनले यसरी तयार गरेको सिलाम साक्मालाई विभिन्न संघ संस्था मार्फत बिक्री गरिदै आएको बताउछ्न। लिम्बू याक्थुङ समुदायमा थरगत थुमगत रुपमा अनेकन संस्थाहरु छन।ती संस्थाले सिलाम साक्माको प्रयोगमा ब्यापकता दिएकोले पनि यसको माग बढेको छ।आज त्यही बिगतमा सिकिएका जानिएका सिपले कोरोनाबाट सरकारले गरेको पट्यार लाग्दो लक डाउनमा समय ब्यतित गर्न सहयोग पुगेको छ। सबै शहर बजार मात्र नभएर गाउँ घर समेत लक डाउनले शुन्य छ।दिन कटाउने कुनै पनि बहाना माध्यम छैन। तर लिलिस पोमिलाई भने पहिचान जनित सिपले दिन काटाउने माध्यम बनेको छ।एकातिर दिन काट्ने माध्यम बनेको छ भने अर्को तिर आम्दानिको श्रोत बनेको छ।अनि अर्को तिर आफ्नो समुदायको पहिचानको प्रतीक सिलाम साक्मा तयार गर्ने सीप समेत भएको छ।
उनी लक डाउनमा आफ्नै पसलमा बस्छ्न ।तर हात खाली भने हुँदैन। प्लास्टिकको डालो भरी विभिन्न रंगीन उनिको धाकोको चाङ हुन्छ।त्यही चाङमा साना साना प्लस आकारका बाँसका टुक्राका चाङ पनि हुन्छन।त्यहीँ बाँसमा नै यसरी रंगीन उनिका धागोले बेरेर आकर्षक सिलाम साक्माको तयार गरिरहेको अवस्थामा भेटिन्छ।उनको यो कामलाई सघाउन देबेन आङ्बुहाङ पनि साथमा छन।उ पनि सिलाम साक्मा बनाउन पारंगत भैसकेका छ्न।
लिलिस पोमुले यसरी सिलाम साक्मा मात्र बनाएर मात्र हुन्न।यस बारे धार्मिक तथा किंवदन्ती जनश्रूति कुरा समेत जानकारी गराउछन। सिलाम साक्माको बारे। सिलाम साक्मामा आठ वटा घेरा हुने कुरा बताउछन पोमु। उनी यस बिषयमा निक्कै जानकार देखिन्छ। तर फेदाङ्माले भने यसलाई नौ घेरा बनाएर मन्साएर फाल्ने चलन भएको कुरा किरात याक्थुङ चुम्लुङ सुनसरी जिल्ला सचीव ताजुब लिम्बु बताउछ्न।उनले पहिला आठ घेरा नै बनाउने गरिएको तर पछि थप अध्ययन खोज अनुसंधान गर्ने क्रममा नौ घेरा लगाउने पाइएकोले चुम्लुङले पनि नौ घेरालाई नै मान्यता दिएको बताउछन।
लक डाउनको समय लम्बिदै गर्दा यस्ता किसिमका घरेलु सिपले निक्कै काम लागेको देखिन्छ।मान्छेहरु दिक्दार भएर बाहिर निस्की प्रहरीको डन्ठा समेत खाईरहेका छन। स्वस्थ रहन भनेर मर्निङ वाकमा निस्किनेहरु घन्टौ घाममा बस्नुपरेको अवस्था छ। तर यस्तो अवस्थामा घरायसी सिपले पक्कै पनि मद्दत पुगेको सिलाम साक्मा बनाउने सिपले देखाएको छ।