30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeसमाचारलक डाउनमा गरगहना चोरी गर्ने पक्राउ

लक डाउनमा गरगहना चोरी गर्ने पक्राउ

धरान / लक डाउनको मैका छोपी चाँदिका गरगहना चोरी गरेको आरोपमा दुई जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ।

गत चैत २९ गते पक्राउ गरिका दुबै जनालाई चाँदीको गरगहना सहित इलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको छ।पक्राउ पर्नेमा  जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. १७ बगानटोल बस्ने बर्ष २९ को दनि राई,
जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं.-११ श्रीजना चोक बस्ने बर्ष १९ को हिमाल राई रहेका छन ।दुबै जनालाई धरान उपमहानगरपालिका वडा नं-११  स्थित यलम्बरहाङसा चोकबाट पक्राउ गरिएको हो।

पक्राउ परेका दुबै जनाले २९ गते, राती धरान ११  मा रहेको सपना ज्लर्सको ढोका फुटाई जम्मा रु. १ लाख ४० हजार मुल्य बराबरका चाँदीका बिभिन्न गरगहना चोरी गरिएको थिए। सुचना प्राप्त भइ उक्त ज्वलर्स चोरी गर्ने मानिसहरुको खोजतलास गर्दा  चोरी भएको चाँदीको गरगहना र लागु औषध खैरो हिरोइन ५००/५०० मिलिग्राम   सहित पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट चोरी तथा लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

दुबै जनाको साथबाट थान २ मोबाईल सेट समेत फेला परेको र उक्त मोबाई समेत चोरी गरी लगेको भन्ने निवेदन प्राप्त हुन आएकोले सो तर्फ समेत अनुसन्धान भैरहको प्रहरीले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments