30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedलक डाउनमा रक्तदान २६५ रगत संकलन

लक डाउनमा रक्तदान २६५ रगत संकलन


निमा पोङ्स्युवा
धरानः दक्षिण एसिमा गणनामा आउने बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा रगत अभाव भएको भन्दै बिहिवार रक्तदान कार्यक्रम गरिएको छ।

सुनसरी उद्योग बाणिज्य संघले विहीवार वृहत रक्तदान कार्यक्रम आयोजना गरि २६५ पिन्ट रगत संकलन भएको कुरा संघका अध्यक्ष गिरिधारी सापकोटाले जानकारी दिएको हो। लकडाउनको बेला सामाजिक दुरी लाई प्राथमिकता दिएर सरकारले भेला, औपचारिक कार्यक्रमहरु आयोजनामा रोक लगाएपनि धरानमा रगतको अभाव सिर्जना भएपछि संघले संकटकालिन रक्तदान कार्यक्रम आयोजना गरेको हो । संघ ले रक्तदान कार्यक्रम संघको कार्यालय भवन धरान–१ स्थित भवनको सभा हलमा गरिएको हो। भित्र व्यक्ति व्यक्ति विचको दुरी कायम राख्दै रक्तदान गरिएको थियो । लकडाउनको बेला सभाहल भित्र रक्तदान आयोजना गरिएपनि रक्तदाताहरुको स्वस्फुर्त सहभागीता उत्साहपूर्ण रहेका थिए। रक्तदान गर्दा रक्तदाताहरुलाई एक मिटरको दूरीमा राखिएका थिए। रक्तदान गर्न जान अघि सावुन पानीले हात धुने, सेनेटाइजर प्रयोग गर्ने व्यवस्था गरिएको थियो । रक्तदानका लागि नजिकबाट आऊनेलाई पैदल आउन सक्ने ब्यवस्था गरिएको  र टाढाबाट  आउन चाहानेहरु लाई टेम्पु र २ वटा एम्बुलेन्सको व्यवस्था समेत गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments