26 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeअन्तरराष्ट्रियलद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच भएको भिडन्तबारे यस्तो भन्छ चीन

लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच भएको भिडन्तबारे यस्तो भन्छ चीन


लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच भएको भिडन्तबारे चीनले औपचारिक प्रतिक्रिया दिएको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिकहरुले सीमा रेखा नाघेर चिनियाँ सेनामाथि आक्रमण गरेपछि आफ्ना सैनिकले प्रतिवाद गरेको बताएको छ ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ट्विटमार्फत बताए अनुसार भिडन्तमा भारततर्फ ३ सैनिकको मृत्यु भएको बताईएपनि चीनतर्फ भएको क्षतिको विवरण भने उल्लेख गरिएको छैन ।

‘भारतीय सैनिकहरुले दुई पक्षबीचको समझदारीको गम्भीर उल्लंघन गर्दै अवैध रुपमा दुई पटक सीमा रेखा नाघेर चिनियाँ सैनिकमाथि उत्तेजक हमला गरे । परिणामस्वरुप गम्भीर भौतिक भिडन्त भयो’ ग्लोबल टाइम्सले ट्वीटरमा लेखेको छ, ‘चीनले भारतीय पक्षलाई आफ्ना अग्रपंतिका सैनिकहरुलाई सीमा रेखा पार नगर्न वा कुनै एकपक्षीय कदम नचाल्न आग्रह गर्दै आएको छ । अन्यथा यसले सीमा क्षेत्रको परिस्थिति थप जटिल बन्ने छ ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments