सम्पादकीय- निलेश अधिकारी/बाबुराम अधिकारी
संसारका देशहरुमा सरकारहरुका भित्री सहयोगी,परामर्शदाता संचालक जासुसी संस्था र सल्लाहकारहरु हुन्छ्न । जस मध्य एमएसएस राज्य सुरक्षा मंत्रालय – चीन, आईएसआई इंटर सर्विस इंटेलिजेंस-पाकिस्तान,सीआईए-केद्रीय खुफिया एजेन्सी -संयुक्त राज्य अमेरिका,M16-Military Intelligence Section 6-यु के ,एफएसबी रूसी संघको फेडरल सुरक्षा ब्यूरो-रूस,रॉ(RAW) रिसर्च एंड एनालिसिस विंग-भारत ! यस्ता संस्थाहरुको सुचनाको आधारमा राज्यका सबै शक्तिहरु पुलिस प्रशासन र जल,थल र वायु सेना आदि सक्रिय बनाईन्छ र देशबासी तथा भूभागको संरक्षण र संवर्धन गरिन्छ तर हाम्रो देशका यस्ता सबै शक्तिहरु कसरी संचालित छ्न स्वयम सरकार अनबिज़ जस्तो देखिनु देशका बिभिन्न भागमा सुरक्षा सम्यन्त्रको पहुच नहुनु जस्ता सरकारको निस्क्रियता र लापरबाहीका कारणहरु हुन !
हालैमा बहुचर्चित असहिय दुखदायी काम नेपाली भुभाग लिम्पियाघुरामा भारतले गरेको लुछाचुंडी हस्तक्षप लिम्पिया मानसरोवर सडक निर्माण र उद्घाटन प्रतिनिधिमुलक घटना मात्र हुन ! जुन उप प्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलबाट गरियको हेलिकोप्टर भ्रमण जाचबुझको यथार्थ प्रतिवेदन कस्तो र कसरी आउछ भन्ने कुरा नेपाली जनतामा अमिलो प्रतिक्षा भएको छ!
रक्षामन्त्री ईश्वर पोख्रेल हेलिकप्टरबाट कहाँ पुगेर फर्किए ? भारतले बनाईसकेको ८०-९० किमि सडकमा हाम्रो भूभाग कति पर्छ काठमाडौँ फर्केपछी प्रधानमन्त्रिलाई कस्तो ब्रीफिङ भयो ? यस्ता संबेदनशील कुराहरुको बिवरण बिस्तृत रुपमा जनता सामु ल्याईनु पर्छ! हालैमा कालापानी,लिपुलेक, लिम्पियाधुरा समावेश गरि सरकारले एउटा नक्सा प्रकाशमा ल्याएको छ जुन नेपालको संबिधान र पाठय पुस्तहरुमा समेत राखिने छ भनि सरकारको गर्जना आएको छ र सदन देखि सडक सम्मका नेपालीहरुमा खुसियाली पनि देखिएको छ भने प्रधानमन्त्री केपी ओलीको राष्ट्रबादी गर्जन खाने दात र देखाउने दातको नाटक मंचन हो भन्ने पनि बौद्दिक तर्कहरु बिशेस चार्चामा छ्न ! सदनमा प्रतिपक्षहरुका केहि सांसदहरु बाहेक शीर्ष नेताहरुले स्तरीय अभिव्यक्ति समर्थन वा बिरोध गरेको पाईएन ! यता चिनले नेपालले हालै प्रकाशित गरेको नक्सा सम्बन्धी भूभागमा त्रिपक्षीय संवेदनसिल बिषय भएकोले हतार नगर्न एक किसिमको चुनैती दिएको छ भने भारतले लिम्पियाधुरा मानसरोवर सडक बनाउदा उस्को नैतिक्ता विवेक र मित्रतामा प्रश्नहरु उब्जिनु नेपालीहरुकालागि स्वभाभिकनै हुन्छ!
नेपालको इतिहासमा राजा पृथ्बीनारायण शाह देखि ज्ञानेन्द्र शाह सम्म आई पुग्दा धेरै उथल पुथलहरु भएको पाईन्छ केहि जमिनहरु बरपर भएको भएपनि राष्ट्रियताको सवालमा दृढ रहेको इतिहास भेटिन्छ!२०४६ सालको बहुदलिय ब्यवस्था पछि २०५८ सालमा दरवार हत्याकाणडमा राजा बिरेन्द्रको उत्तराधिकारीको अन्त्य , राजा ज्ञानेन्द्रको अहं र तत्कालिन युवराज पारस शाहको बहुलठ्ठीपनाले जनता आजित र त्रसित थिए ! ती समयका सरकारहरु पनि दूधले धोएका नैतिकवान, जनता प्रति पूर्ण निस्पक्ष उत्तरदायी थिए भन्न सक्ने अवस्था देखिन्न देशमा समय समयमा हुने ठुला ठुला काण्ड र घटनाहरुले नेपालीका छातीहरु घोचिरहेका हुन्छ्न ! दश बर्षे माओवादी जनयुध्द, घमिजा काण्ड,बिप्पा समझौता,वाईडवडी,सुनकाण्ड, ७० करोढ काण्ड, एनसेल काण्ड लगाएतका भ्रष्टाचार र व्रम्हलुटका काण्डहरुले मध्यम र बिपन्न सोझा जनताहरुमा थप आर्थिक मार परेको छ!
देशको आर्थिक अवस्था राष्ट्रिय अन्तराष्ट्रिय रुपमा फैलिएको कोभिड-१९ कोरोना भाईरसका कारणले देश दिन प्रतिदिन रुग्न हुदै गएको छ आफु बाच्न र पारिबारिक समस्या थेग्न बिदेशिएका लाखैलाख युवा युवतीहरु बिदेशहरुमा असाहय अलपत्र परेका छ्न भने कोभिड-१९ को रोकथाम र निर्मुलकोलागि समसाधन र ब्यवस्था पूर्णरुपले अब्यवस्थित र अभाव भएकोछ! राहत कार्यहरु ठाउठाउमा सडेगलेका र तुच्छ बितरण गरेर थप रोगहरुको उपज गरियकोमा सबै तहका सरकारहरु मौन र ब्यस्थ देखिनाले पारदर्शिताको अभाव भएको छ तुरुन्तै सबै प्रकारको ब्यबस्था मिलाउन अति आवश्क छ !
नेपालका बिभिन्न ठाउमा गाडिएका जंगी पिलरहरु उखेलेर तहस नहस पारी मिचिएका भूभागहरुका साथै लिपुलेक प्रकरणमा उत्तरी छिमेकी चीन पनि जिम्मेवार छ । भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाकाका रूपमा विकसित गर्ने सम्झौता गर्दा त्रिपक्षीय सम्वेदनसिल भूभागमा नेपाललाई खबरनै नगरी सम्झैताहुनु दु्बै देशको नेपाल प्रति हेपाह प्रवृतिनै हो! लिपुलेक प्रकरणमा चीनको दोहोरो भूमिका र अवसरवादी चरित्र उजागर भएको छ । यस्ता बिषय र बिवादमा भारतलाई जस्तै चीनलाई पनि कूटनीतिक नोट प्रेषित गर्नु आवश्यक छ । यही वास्तविकतालाई आत्मसात् गरेर नै नेकपाका अध्यक्ष पुष्पकमल दाहालबाट समेत चीनसँग पनि संवाद आवश्यक भएको विचार व्यक्त गरिएको थियो ।कुनै पनि देशको निर्माण बिकासमा बिकशित छिमेकी र मित्र राष्टहरुको भुमिका र सहयोगको ठुलो महत्व हुन्छ हाम्रा दुबै छिमिकि मित्रहरु बिकसित र शक्ति संपन्न हुदै गएका छ्न तर उनिहरुको अहंबादि नीतिले एक आपसमा खिचातानी बड्दै गएको पनि देखिएको छ भने साना साना देश र साना देशका भूभागहरु आफ्ना बिशाल देशहरुमा समावेश गर्ने महत्वाकांक्षा बड्दै जानु छिमेक र आफ्नैलागि पनि अफाप हुन सक्छ त्यसैले मित्रहरु गंभिर, संवेदनशील र सहयोगी हुन आवश्यक छ !……….. क्रमश……
