20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeराजनीतिलिम्बुवान किरात नामाकरणको माग गर्दै २२ घटकले ज्ञापनपत्र बुझायो

लिम्बुवान किरात नामाकरणको माग गर्दै २२ घटकले ज्ञापनपत्र बुझायो

निमा पोङ्स्युवा

धरान/ प्रदेश १ लाई लिम्बुवान किरात नामाकरण गराउनको लागि लिम्बुवान किरात संयुक्त संघर्ष समितिका २२ घटकले प्रदेश नम्बर १ सभामुख र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

प्रदेश नम्बर १को राजधानी बिराटनगर पुगेर मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिप भन्डारिलाई उनिहरुको छुट्टाछुट्टै कार्यकक्षमा भेटेर बुझाएको छ।संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको कुरा समाजवादी पार्टी सम्बद्ध शिल्पी बिशेष प्रदेश क्षेत्रका प्रदेश १ अध्यक्ष नरेशकुमार बिकले र लिम्बुवान राष्ट्रिय समिति सदस्य कृष्ण लिम्बुले जानकारी दिए।

संयुक्त संघर्ष समितिले ज्ञापनपत्र बुझाउदै वर्तमान प्रदेश १ को भौगोलिक अवस्था सामाजिक सांस्कृतिक ऐतिहासिक एबम पहिचानको आधारमा लिम्बुवान किरात स्वायत्त प्रदेश प्राप्तिको लागि उठेका राजनीति आन्दोलनहरु बिगतमा नेपाल सरकारसंग पटकपटक भएका सहमतिहरु र सात सालका क्रान्ति हुँदै जनयुद्ध जन आन्दोलन मधेस आन्दोलन आदिवासी जनजाति आन्दोलन लिम्बुवान किरात आन्दोलनले स्थापित गरेका मुद्दाहरुलाई मध्यनजर  गर्दै अहिलेलाई संयुक्त पहिचानको आधारमा लिम्बुवान किरात नाम राख्नुपर्दछ भन्ने धारणा पुनः दोहोर्‍याउदछन भनिएको छ।संघर्ष समितिले ज्ञापनपत्र बुझाउने जिल्ला संयुक्त संघर्ष समितिहरु गठन गर्ने जनमत सिर्जनाको लागि अन्तर्कृया गर्ने खबरदारी कोणसभा गर्ने आवस्यक्त  अनुसार आन्दोलनको कार्यक्रम ससक्त बढाउने समेत घोषणा गरिएको छ।

लिम्बुवान-किरात” संयुक्त संघर्ष समितिमा आवद्द संगठनहरु

१, नेकपा सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चा, नेपाल संयोजक मुक्सामहाङ मेन्याङबो

२, समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम

३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–संघीय लिम्बुवान मञ्च, नेपाल अध्यक्ष कुमार लिङ्देन मिराक

४, नेकपा सम्बंद्द किराती रास्ट्रीय मुक्ति मोर्चा, नेपाल अध्यक्ष राजन किराती

५, किरात याक्खा छुम्मा अध्यक्ष लिला रोगु

६, धिमाल जाति बिकाश केन्द्र अध्यक्ष तेज नारायण धिमाल

७, किरात याखा लोकतान्त्रिक मुक्ति मोर्चा अध्यक्ष्य भुपाल जिमी

८, नेपाल आदिबासी जनजाति महासंघ प्रदेश न .१ अध्यक्ष ध्रुब कुमार मेन्याङबो

९, सुनुवार सेवा समाज संघीय समिति अध्यक्ष रणबिर सुनुवार

१०, कोचिला रास्ट्रीय मुक्ति मोर्चा अध्यक्ष हँसलाल राजबंसी

११, राजबंसी समाज बिकास समिति अध्यक्ष भिमराज राजबंसी

१२, समाजबादी पार्टी सम्बंद्द शिल्पी बिशेस क्षेत्रका प्रदेश १ अध्यक्ष नरेश कुमार बिश्वकर्म

१३, संघीय लोकतान्त्रिक रास्ट्रीय मंच सम्बद संघीय दलित शिल्पी मंच अध्यक्ष्य रमेश गजमेर

१४, नेपाली कांग्रेस सम्बद्ध लिम्बुहरुको तर्फबाट उत्तम सिं थाङदेन

१५, किरात याक्थुङ चुम्लुङ, अध्यक्ष योगराज लिम्बु वनेम

१६, याक्थुङ युवा मञ्च, अध्यक्ष भुपेन्द्र खुदाङ

१७, लिम्बु विद्यार्थी मञ्च, अध्यक्ष दीपा लक्सम

१८, लिम्बुवान स्प्रीङ आन्दोलन, अभियन्ता टंक सेलिङ

१९, याक्थुङ लेखक संघ केन्द्रीय प्रतिनिधि रोहित आङबो

२०, समाजबादी पार्टी सम्बंद धिमाल स्वायत्त क्षेत्र समिति केन्द्रीय अध्यक्ष बांगाई धिमाल

२१, लिम्बुवान रास्ट्रीय मुक्ति मोर्चा ( नेकपा क्रान्तिकारी ) अध्यक्ष्य नरेन्द्र नेम्बाङ

२२,सुनुवार मुक्तीमोर्चा नेपाल ( नेकपा)अध्यक्ष टिकाराम मुलिचा

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments