धरान / समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिको चैत १ गते धरानमा हुने भनिएको सम्मेलन स्थगन गरिएको छ।
चिनको बुहानबाट फैलिएको कोरोना भाइरसले बिश्वभर व्यापक रुपमा संक्रमित भैरहेको भन्दै सरकारले पनि अत्यावश्यक बाहेक सार्वजनिक सम्मेलन भेला नगर्न भनिएको भन्दै सम्मेलन स्थगन गरिएको कुरा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले जानकारी दिएको छ।सम्मेलन स्थगन बारे नेपाल पत्रकार महासंघ धरानमा सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गरिएको हो।अध्यक्ष माखिमले स्थगित गरिएको सम्मेलन उपयुक्त समयमा पुनः गरिने जानकारी दिए। सरकारले भेला सम्मेलन नगर भनिएकोले तत्काललाई स्थगन गरिएको बताए ।तर सरकारले अरुलाई भेला सम्मेलन नगर्न भन्ने आफू चही भित्र भित्रै गरे त्यो घातक हुने चेतावनी दिए।उनले आफू प्रदेश १ लिम्बुवान,किरात संघर्ष समितिमा समेत रहेको भन्दै अरुलाई स्थगन गर्न लगाएर प्रदेश नामाकरण गरि त्यो घातक हुने चेतावनी दिए।यस अघि २०७२ सालको भुकम्पको बाहाना बनाएर मौका पारे जस्तै कोरोनाको मौका छोप्न खोजे त्यो मान्य नहुने माखिमले जानकारी दिए।
खगेन्द्र माखिमले आज संपुर्ण तयारी सम्पन्न गरिसकेको अकस्थामा तयारी पूरा भएको जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी भएको बताए ।तर बिचैमा स्थगन गर्नु बाध्य भएको बताए।लिम्बुवान बृहत सम्मेलन धरानको भानुचोकमा हुने तयारी गरेका थिए। सम्मेलनमा समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई,वरिष्ठ नेता अशोक राई,उपाध्यक्ष रकम चेम्जोङ,संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका कुमार लिङ्देन,लिम्बुवान मुक्ति मोर्चाका मुक्सामहाङ लिम्बू लगायतले संबोधन गरिने तयारी भएका छन।
लिम्बुवान राष्ट्रिय भेला बारे प्रेस बिज्ञप्ति:
(लिम्बुवान राष्ट्रिय भेला २०७६ चैत १ विजयपुर धरान )
पत्रकार मित्रहरू,
सन् २०१९ Decembar १ मा चीनको वुहान शहरमा देखा परेको कोरोना भाईरस कोबिट-१९ (Corona Virus, COVID-19) तिब्र गतिमा फैलिरहेको छ | चिनबाट शुरु भएको यो महामारी रोग संसारको करिब १०० देशहरुमा तिन महिनाको अवधिमा फैलिईसकेको छ । करिब १,०५,००० मानिसहरु संक्रमित भएका मध्ये करिब ३५०० जनाको मृत्यू भईसैको छ | विश्व स्वस्थ संगठनले जारीको गरेको प्रतिवेदनमा नेपाललाई यो रोगको उच्च जोखिम रहेको उल्लेख गरेको छ | हाल नेपाल सरकारले उच्च जोखिमबाट प्रभावित भएका देशहरु चिन, जापान, दक्षिण कोरिया, ईरान र ईटालीका नागरिकहरुलाई प्रदान गर्दै आएको On Arrival Visa समेत अस्थायीरुपमा स्थगन गरेको छ ।
समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समितिले
नेपालको अबको आठौं प्रदेश, लिम्बुवान प्रदेश सुनिश्चित गर्न, अपुरो-अधुरो लिम्बुवान आन्दोलनलाई पूरा गर्न, लिम्बुवान प्राप्तिको आगामी रोडम्याप तयार गर्न, लिम्बुवान बारे स्पष्ट अवधारणा ल्याउन, लिम्बुवान विशेषताको राजनीतिक कार्यदिशा तय गर्न आदिको लागि
“लिम्बुवान राष्ट्रिय भेला” लिम्बुवानको ऐतिहासिक स्थल विजयपुर धरानमा मिति २०७६ चैत्र १ र २ गते सम्पन्न गर्ने निर्णयअनुसार सम्पुर्ण तयारी पूरा गरेको थियो ।
छिमेकी मित्रराष्ट्र चीन हुँदै विश्वभर संक्रमण फैलिरहेको Corona Virus (COVID-19) बाट नेपाल समेत संक्रमणको उच्च जोखिममा रहेको र यसको सम्भावित जोखिमबाट सतर्कता अपनाउन भीडभाडमा नजान तथा सभा, सम्मेलन, भेला, महोत्सव जस्ता कार्यक्रम नगर्न नेपाल सरकार (सुनसरी जिल्ला प्रशासन, धरान उपमहानगर) बाट अनुरोध भएको हुनाले उपयुक्त समयमा पुनः आयोजना गर्ने गरि मिति २०७६ चैत्र १ र २ गते हुन लागेको “लिम्बुवान राष्ट्रिय भेला” स्थगन गरिएको छ ।
स्थगनका कारण पर्न गएको असुविधाप्रति आमन्त्रित प्रमुख अतिथि, विशिस्ट र विशेष अतिथि, अतिथिहरु, १० प्लस १ का नेताहरू, विभिन्न दलका नेताहरू, लिम्बुवानका सबै जिल्लाका नेताहरू, स्वायत्त क्षेत्र समितिहरु, नगर तथा गाउँपालिका समितिहरु, सम्पुर्ण प्रवास समितिहरु, समाजवादी युवा संघ, समाजवादी महिला संघ, समाजवादी विद्यार्थी युनियन, जनसंस्कृतिक महासंघ, लिम्बुवान समिति, प्रेस नेपाल, लिम्बुवान समिति र तमाम सुभेच्छुक- सुभचिन्तक तथा “लिम्बुवान राष्ट्रिय भेला” सफल बनाउन स्वदेश तथा बिदेशमा अहोरात्र खट्नु हुने सम्पुर्ण लिम्बुवानी योद्धाहरु सबैमा समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समिति क्षमायाचना व्यक्त गर्दछ ।
साथै “लिम्बुवान राष्ट्रिय भेला” सफल बनाउन समाजवादी पार्टीका शिर्ष नेतृत्वले देखाउनु भएको सकारात्मक तत्पर्ताले हाम्रो मनोबल उच्च बनेको छ । लिम्बुवान राष्ट्रिय भेलाको लागि लिम्बुवानका गाउँ-गाउँमा बनेको माहोलले लिम्बुवान आन्दोलनका लागि नयाँ मनोबिज्ञान थपिएको महशुस गराएको छ । र स्वदेश तथा विदेशमा रहि कार्यक्रम सफल बनाउन अहोरात्र खट्नु हुने सम्पुर्ण लिम्बुवानी योद्धाहरु सबैमा समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समिति जय लिम्बुवानको न्यानो अभिवादन व्यक्त गर्दछ ।
र अन्त्यमा समाजवादी पार्टी द्वारा संचालित संगठन बिस्तार तथा सुदृढीकरण (बिसु) अभियान लिम्बुवान भर जारी हुने कुरा यसै बिग्यप्ती मार्फत जानकारी गराउंदछौं ।
जय लिम्बुवान । संघीय अभिवादन ।
…………
खगेन्द्र माखिम
अध्यक्ष
समाजवादी पार्टी
लिम्बुवान राष्ट्रिय समिति ।