22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeसमाचारलिम्बू विद्यार्थीको शुभकामना कार्यक्रम

लिम्बू विद्यार्थीको शुभकामना कार्यक्रम

धरान / लिम्बू विद्यार्थी मञ्च केन्द्रीय कार्यसमिति को आयोजनामा कक्फेवा तङ्नाम र येले तङ्बे ५०८० को शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ।

लिम्बु विद्यार्थी मंच सुनसरी जिल्ल्ला कार्यसमिति को ब्यवस्थापनमा बुधबार अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सुनसरी धरानको महेन्द्र बहुमुखी क्याम्पसमा  सम्पन्न गरेको छ ।  कार्यक्रम लिबि मञ्च केन्द्रीय उपमहासचिव तथा कार्यक्रम का सङ्योजक प्रदिप नयोङ को सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रम लिबि मञ्च पुर्व केन्द्रीय उपाध्यक्ष अबोध अबिरल आङ्बुहाङ को प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रम मा बोल्दै आङ्बुहाङ्ले लिम्बू विद्यार्थीहरु राज्यको स्थायी सत्तामा पनि लोभिनु पर्ने र राज्यको उपल्लो तहमा पुग्नका लागि ठुलो त्याग गर्नु पर्ने बताएका थिए । कार्यक्रम मा लिबि मञ्च पुर्व  केन्द्रीय उपाध्यक्ष धनेन्द्र जबेगु, लिबि मञ्च केन्द्रीय महासचिव गुल्सन आङ्बुहाङ, उपाध्यक्ष राजेश इवाहाङ , मञ्चको केन्द्रीय पुर्व सल्लाहकार चन्द्र खापुङ्हाङ , कियाचु केन्द्रीय सचीव योगेन्द्र पालुङ्वा , लगायत को आतिथ्यता रहेको थियो । कार्यक्रम संचालन लिबि मञ्च को केन्द्रित सचीब सेमि तुम्बपो ले गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments