24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeसमाचारलेटाङमा अपांग युवती ब'ला'त्का'र गरेको आरोपमा एक जना पक्राउ

लेटाङमा अपांग युवती ब’ला’त्का’र गरेको आरोपमा एक जना पक्राउ

शारीरिक रूपमा अपांगता भएकी युवतीलाई ब’ला’त्का’र गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एक जनालाई पक्राउ गरेको छ । लेटाङ नगरपालिका–९ की १९ वर्षीया युवतीलाई ब’ला’त्का’र गरेको आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार युवतीका दुवै खुट्टा चल्दैन । हिँडडुल गर्न नसक्ने अवस्थाकी युवतीलाई ब’ला’त्का’र गरेको भनेर किटानी जाहेरी परेपछि राईलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । काम गर्नलाई खेतमा गएका बेला गत शनिबार राति युवतीलाई बोकेर आफ्नै खेतमा रहेको टहरोमा लगी राईले ब’ला’त्का’र गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अपांगता भएकी युवती ब’ला’त्कृ’त भएको दुई दिनपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको हो । घटनाको जानकारी पाउनसाथ सोमबार पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments