23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeराष्ट्रियलोकप्रिय भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा मृत्यु

लोकप्रिय भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा मृत्यु

मुम्बई । लोकप्रिय भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार बिहान ५३ वर्षको उमेरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार मृत्यु भएको हो ।
इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पताल भर्ना गरिएको थियो । उनलाई कोलोन इन्फेक्सन भएको थियोे ।

गत वर्ष लन्डनमा उपचार गराएर फर्केपछि इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै डाक्टरको निगरानीमा नियमित रुपमा स्वास्थ्य जाँच गराइरहेका थिए । ‘अंग्रेजी मिडियम’ छायांकनका बेला पनि उनको स्वास्थ्यमा समस्या आएको बताइएको थियो । उनको स्वास्थ्य अवस्थाका कारण केही समय छायांकन पनि रोकिएको थियो ।

गत शनिबार बिहान मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा जान पनि पाएका थिएनन् । उनी भिडियो कन्फरेन्समार्फत आमाको अन्तिम संस्कारमा सहभागी भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

इरफान खान न्यूरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । उनी यसको लन्डनमै उपचार गराइरहेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments