23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorizedवडा नै एकद्वार हो, भिम आचार्य । सांसदहरुको सल्लाहमा उपमहानगर एकद्वार...

वडा नै एकद्वार हो, भिम आचार्य । सांसदहरुको सल्लाहमा उपमहानगर एकद्वार गर्ने निर्णय – तिलक राई

निमा पोङ्स्युवा 

धरान / नेकपाका नेता तथा प्रदेश १ का सांसद भिम आचार्यले वडा सरकार नै एकद्वार भएकोले वडा स्तरमा राहत उपलब्ध गराएको बताए ।

सो कुरा नेता आचार्यले धरान वडा नम्बर १५ मा राहत उपलब्ध गराउने क्रममा बताएका हुन। उनले प्रदेशमा वा नगरमा उपलब्ध गराए पनि एकद्वार वडा नै भएको बताए। प्रदेश र नगर एकद्वार हो भन्ने कुरा भ्रम र गलत भएको बताए। सुनसरी जिल्ला क्षेत्र नम्बर १ अन्तरगत २७ वटा वडामा राहतको लागि चामल उपलब्ध गराउदै आएको बताए ।मंलबार वडा नम्बर १५ मा ७५० किलो चामल उपलब्ध गराएको छ। उनले सो राहतको मनोबल बढाउन दाता खोजेर उपलब्ध गरिएको बताए। धरान उपमहानगरमा २० वटा वडा,बराह नगरपालिकामा ५ वटा वडा र रामधुनिको २ वटा वडामा राहत बितरनको गरिदै आएको बताए।

नेता आचार्यले राहतका लागि सरकारले निश्चित बजेटको शिर्षकबाट फन्डमा राखिने बताए। यदि त्यो शिर्षकबाट नपुगे अन्य शिर्षकबाट रकमान्तरन गरेर कोषमा राखिने निर्णय सरकारको रहेको बताए। आचार्यले यो राजनीति गर्नको लागि नभै जनताको सेवाको लागि भएको बताए। जनताको सेवा गर्दा बिरोध गर्ने नभै वडामा राहत उपलब्ध गराउन सकिने बताए।उपलब्ध राहतलाई जनता समक्ष बितरण गरिए कुरा वड अध्यक्ष नरेश इबारमले बताए।उनले यी राहत प्रदेश सभा र प्रतिनिधि सभा सांसदहरुले उपलब्ध गराएको भनेरै बितरण गरिने बताए।

नेकपाले आफै वडामा पुगेर राहत बितरण गरेको प्रती आलोचना भएको छ।धरान उपमहानगर को एकद्वार प्रणालीलाई उलंघन गर्दै राहत बितर्ण गरिएको प्रती टीका टिप्पणी भएको छ।यस बिषयमा धरान उपमहानगरका मेयर तिलक राईसंग बुझ्दा आफुलाई बितरण बारे जानकारीमा न आएको बताए। राहत संकलनको लागि फुड बैंक स्थापना गर्न सबै राजनीतिक दल सांसद लगायतसंग बैठक गरेर एकद्वार प्रणाली अपनाएको बताए। मेयर तिलक राईले पदिय हिसाबले आफुहरु भन्दा माथी नै रहेको भन्दै उहाहरुले उपलब्ध नगरपालिका मार्फत नै भएको राम्रो हुने र आफुहरुले पनि माननीयहरुले उपलब्ध गराएको हो भनेरै बितरन गर्ने थिए भने।उनले तर यसरी वडामा नै उपलब्ध गराउदा पाउनेले दोहोरिएर पाउलान नपाउनेले एकपटक पनि नपाउनसक्छ यसरी केही समस्या हुनसक्ने बताए। यस अघि वडाले राहतका लागि गुहारे र केही संघ संस्थाले वडामा उपलब्ध गराउने भन्दा त्यसलाई ब्यबस्थित गर्नकै लागि उपमहानगरमा एकद्वार प्रणाली मार्फत राहत बितरण गरिरहेको बताए।मेयरले उपमहानगरले समय समयमा राहत वडा हुँदै टोल बिकास संस्था मार्फत उपलब्ध गराउदै आइरहेको बताए।यस बिषयमा नेपाली काङ्ग्रेस धरान उपमहानगर समितिले आपत्ति जनाईसकेको छ।

मंगलबार राहत उपलब्ध गराउन प्रतिनिधि सभा सांसद जयकुमार राई,प्रदेश सांसद भिम आचार्य,साबित्रा श्रेष्ठ,उमिता बराईले नेकपाका अन्य नेता कार्यकर्ताहरुको उपस्तिथि रहेका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments