तनहुँ भानुनगरपालिका ९ बाइसजागरका नकुल अधिकारीको श्रीमती अनुपा अधिकारी ५० लाख रुपैया बराबरको सम्पत्ती लिएर सम्पर्क विहिन भएकी हुन् । नकुल पनि दुवईमा रहेर वैदेशिक रोजगारीमा थिए । दुई महिना देखि उनको श्रीमती छोराछोरी सहित सम्पर्क विहिन भएपछि उनी पनि रुँदै मिडियामा आएका छन् ।दुवईमा दुख गरेर कमाएर बैंकमा राखेको पैसा श्रीमानलाई थाहा नदिएर निकालेको, छिमेकीमा पनि ऋण नै ऋण बनाएर श्रीमती सम्पर्क विहिन भएकी छन् । कक्षा ७ मा पढ्दा देखि प्रेम गरेर विवाह गरेकी श्रीमतीले यस्तो गर्छिन होला भनेर नकुलले सोचेका पनि थिएनन् । १३ वर्ष सम्म दुवईमा बसेर कमाएका नकुल अहिले घर आउँदा घरमा न श्रीमती छन् न त छोराछोरी ।
कमाएको सम्पत्ती पनि छैन छिमेकीमा बस्न समेत अवस्था छैन । प्रत्येक घरवाट ऋण लिएर श्रीमती हराइन् । विवाह भएको १५ वर्ष पछि कुमार कार्की भन्ने ब्यक्तिसंग आफ्नो श्रीमती गएको नकुलको भनाई छ । कार्कीले आफ्नो श्रीमतीसंग म्यासेन्जरमा कुरा गरिरहेको आफुले थाहा पाएको उनले बताए । आफ्नो श्रीमती लिएर जाने पनि दुवईमा बस्दै आएका थिए । उनले आफ्नो श्रीमतीलाई सम्बोधन गर्दै भने, अनुपा कृपया मेरो छोरीहरुको भविष्य बरवाद नबनाईदेउ ।तृष्णा जन्मिदा उनी नेपालमा थिए तर कान्छी छोरी तृप्तीलाई प्रत्यक्ष अनुहार पनि हेर्न पाएका छैनन् । कान्छी छोरीलाई राम्रोसंग चिन्न पनि पाइन् । विदेशी भूमीमा आफुले दुख गरेर भएपनि छोरीलाई डाक्टर बनाउने उनको चाहना थियो । उनी भन्छन् छोरीलाई डक्टर बनाउन चाहन्थे तर अहिले मलाई अहिले दौडने बनाएकी छ ।
भागेर गएपछि पनि छोरीले लुकेर म्यासेन्जरमा सम्पर्क गरेको उनले बताए । छोरीले रुँदै लुकेर फोन गर्छ, मलाई आउन दिन्न बुवा कसरी आउनु भन्छ । अहिले तीन साता देखि छोरीको फोन पनि आउन छोडेको नकुलले बताए । अहिले जो संग आफ्नो श्रीमती भागेर गइन् त्यो कुमार कार्कीलाई श्रीमतीले मामाको छोरा भनेर चिनाएको बताइन् । पहिला पनि कुरा गरिरहेको थाहा पाएको थिए तर मामाको छोरा भनेपछि मैले नराम्रो सोच्ने कुरा पनि भएन । दुवईवाट फर्कदा आफुभन्दा दुई साता पहिला कुमार आएको र आफ्नो श्रीमतीलाई लिएर गएको उनले बताए । हेर्नुहोस भिडियो: