धरान /गत जेठ १० गते रुकुमको चौरजहारिमा नबराज बिक र सुश्मा मल्लको प्रेम विवाहमा बिबाद हुँदा भएको छ जनाको ज्यान जाने घटनाको धरानमा बिरोध प्रदर्शन गरिएको छ।
https://youtu.be/PNfhOGJGapE
जनता समाजवादी पार्टी शिल्पी विशेष प्रदेश १ को अगुवाइमा मंगलबार धरानको भानुचोकमा घटनाको बिरोध गर्दै दोषीलाई कार्वाहीको माग गरिएको छ। जनता समाजवादी पार्टी कार्यालयबाट नाराजुलुस सहित आएका थिए।
कोणसभालाई संबोधन गर्दै जनता समाजवादी केन्द्रिय सदस्य जेन्टल लावतिले घटनाको पार्टीले घोर बिरोध गरेको बताए।पार्टी यस बिषयमा सदनमा समेत कार्वाहीको माग गरेको भन्दै सडकबाट समेत कार्वाही अगाडि बढाएको बताए।उनले छुवाछूत मुक्त भनेर २०६३ जेठ २१ गते घँषणा गरिए पनि जेठ १० गतेको प्रेम सम्बन्ध को नरसंहार घटनाले भएको बताए। अहिले नेकपाको बहुमतको सरकार रहेको भन्दै उस्ले साच्चै छुवाछुत र विभेद मुक्त गर्ने हि भने संविधान संशोधन गरेर हत्यारालाई फासिको सजाय हुने कानुन ल्याउनुपर्ने बताए। यदि यति गर्न सक्दैन भने अमेरिकामा भैरहेको रंगभेदी जातीय द्वन्द्व जस्तै हुने बताए। लावतिले जातिय विभेद किरात कालसम्म नभएको तर जब लिच्छविकाल शुरु भए त्यसपछि भारतबाट हुँदै छुवाछूत प्रथा भएको बताए। तेतिबेलाको प्रथाले २१ औ शताब्दीमा रहेको युबाले भोग्नुपरेको बताए।जातिय विभेदमा बाहुनले छेत्रीसंग विवाह गर्दा पनि सानो जात हुने प्रथा रहेको बताए। उनले राष्ट्रपति बिद्या भन्डारिको श्रीमान मदन भण्डारिको हत्या,दरबार हत्या काण्ड,निर्मला हत्यारा अझैसम्म पत्तो नलगाई उन्मुक्ति दिएको भन्दै रुकुम हत्या काण्डका हत्यारालाई कार्वाही गर्नुपर्ने बताए।
दलित अधिकारकर्मी रमेश गजमेरले छुवाछूत दलितको मात्र समस्या नभै राज्यकै समस्या भएको बताए।उनले रुकुमको यति घटना घटदा पनि प्रधानमन्त्री राष्ट्रपति नबोलेको भन्दै आक्रोश पोखे।तत्कालीन राजा ज्ञानेन्द्रलाई देश छोडको नारा लगाउन मिल्छ भने केपि ओलि प्रचण्डलाई देश छोडको नारा लगाउन किन नमिल्ने भने।गजमेरले बाहुनबादिले बनाएको संविधान जलाएर दलितको अधिकार सहितको संविधान नलेखेसम्म छुवाछूत विभेद रहिरहने बताए। गणतन्त्र जन्माउन हजारौं दलितले बलिदान गरेको भन्दै रुकुम जाजरकोटमा मात्र पाँच सय बढिले ज्यान गुमाएको बताए । दलित भएकै कारण होटेलमा चुरोट सल्काउदा कुटपिट हुनुपरेको भन्दै यतिसम्म गर्दा पनि पार्टीको पछि लागेर झोले बनेको बताए।उनले कहिलेसम्म अरुको झोला बोकेर झोले बन्ने भन्दै अब आफ्नै झोला बोक्नुपर्ने बताए।अब ७० लाख दलित एक हुनुपर्ने बताए।उनले ६ जना मध्ये २ जना गैर दलित भएको भन्दै लिम्बुवान खम्बुवान ताम्सालिङ माग्नेहरु किन चुप लागेर बसेको भन्दै आक्रोश पोखे।
कोणसभामा परियार सेवा समाजका सुनसरी अध्यक्ष खगेन्द्र परियारले नेपालमा विभिन्न कालखण्डमा छुवाछूत विरुद्ध कानुन बने पनि विभेद यथावत रहेको बताए।मिजार सेवा समाजका शरण मग्रातिले रुकुम हत्या कान्डले पाठ सिकाएको भन्दै दलितलाई कतिसम्म दबाएको रहेछ भन्ने कुरा प्रष्ट भएको बताए।नेपाल दलित मुक्तिका सुमन गहतराजले छानबिन उच्छ स्तरीय समितिले निषपक्ष रुपमा छानबिन गरि दोषीलाई कार्वाहीको माग गरे। अब ७० लाख दलित एक हुने भन्दै यस्तो अवस्थाले उच्च जात भनाउदा काशी जानुपर्ने अवस्था आउने बताए।
बिरोध कार्यक्रम जनता समाजवादी पार्टी शिल्पी विशेष प्रदेश १ अध्यक्ष नरेश बिकको अगुवाइमा भएको हो।