निमा पोङ्स्युवा
धरान/ केही समय अघिदेखी विवादित धरानको नाटकघर समाधान भएपछि शिलान्यास भएको छ।
नाटकघरलाई बिहिबार सांसद जयकुमार राईले एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ।करिब चार करोडको लागतमा बन्न लागेको नाटकघर धरान वडा नम्बर ८ स्थित सभागृह परिसरमा बन्न लागेको हो।यस अघि सो क्षेत्रमा बन्न नहुने भनेपछि प्रदेशस्तरीय नाटक घर निर्माणको विवादमा परेको हो।
धरान उपमहानगरपालिकाले वडा नम्बर ८ सभागृह परिसरमा २ कट्ठा जग्गामा नाटक घर बनाउने निर्णय गरेको थियो । वडा बासिले पार्कलगायत संरचना बनाउन माग गर्दै नाटक घरको विरोध गरेका थिए । यसरी बिरोध गर्दा चालु आर्थिक बर्षमा विनियोजन भएको ४० लाख बजेट फ्रिज हुने सम्भावना बढेका थिए।विनियोजित वजेट फृज हुन नदिन उपमहानगरको पहलमा स्थानीयसँग सहमति भएको हो । उपमहानगरले पाँच वुदे सहमति गर्दै विवाद समाधान गरेको हो।
गत जेठ ३२ गते मेयर तिलक राईको उपस्थितिमा स्थानीयबासी, टोल विकास संस्थाका प्रतिनिधि एवं बुद्धिजिविहरुसँग ५ बुँदे लिखित सहमति भए अनुसार सभागृहको दक्षिणको खाली जग्गामा पुर्वतर्फ २ कट्ठा घटबढ नहुने गरी नाटक घर निर्माणको लागि छुट्याउने । नाटक घरलाई छुट्याए पछि बाँकी रहेको खाली जग्गामा आइयुडिपीको सामग्री व्यवस्थापन गरी जेसिबि लगाएर सम्म बनाउने र ग्रीन पार्क, वाल उद्यानलगायतको स्थानीयको अवधारणा कार्यान्वयन गर्न उपमहानगरपालिकाले सहकार्य गर्नुपर्ने ।नाटक घरमा क्षमताको आधारमा आवश्यक रोजगारको व्यवस्था सुनिश्चित गरिनुपर्ने, नाटक घर समितिमा योग्य, दक्ष स्थानीय व्यक्तिको प्रतिनिधित्व हुने गरि नियुक्ति गरिनुपर्ने।आफ्नो कला तथा दक्षतालाई उजागर गर्न लुकेका प्रतिभालाई प्रष्फुटन गर्न स्थानीयलाई पहिलो प्राथमिकताको आधारमा निःशुल्क प्रशिक्षण दिलाउनुपर्ने । द राईजिङ क्लबले कुनै औपचारिक कार्यक्रम गर्नुपर्दा निःशुल्क सञ्चालनको अवसर दिनुपर्ने र खाली रहेको जग्गामा तत्काल पुर्वाधार तयारीको लागि १ लाख ५० हजार निकासा गरिदिने प्रतिवद्धता पुर्णरुपमा पालना गर्ने । चौथो नम्बरमा निर्माण समिति र अनुगमन समितिमा स्थानीय, टिएलओ तथा राईजिङ क्लबका सदस्यहरुको प्रतिनिधित्व गराउन ५ /५ जनाको नामावली प्रस्तुत गर्नुपर्ने ।पाँचौं नमबरको सहमतिमा खाली जग्गामा पुर्वाधार निर्माणको लागि पहल समितिको अर्को बैठकबाट समिति चयन गरि अनुमोदनको लागि उपमहानगरपालिकामा पठाउने निर्णय पनि भएको छ ।