23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeसमाचारविशेष सम्पादकीय

विशेष सम्पादकीय

बिश्वका अधितम देशहरुमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसले मानव जगतमा  ठुलो चोट तथा आर्थिक मन्दिमा लैजाने  निश्चित प्राय देखियको छ!  संसारमा जति पनि प्राण घातक फ्लू,सार्स, मर्स, इबोला, बर्ड्फ्लु, स्वाइन फ्लू लगायत देखिएता पनि त्यस्ले नेपालमा भने त्यती ठूलो क्षति पुर्याएको छैन  ! हाम्रो छिमेकी देश भारत, चिन भने यी धेरैजसो भाइरसहरुबाट पीडित भएको देखिन्छ ! त्यसैले नेपाल सरकारले अहिलेको महामारी कोरोना भाइरस COVID19  बारे बेलामा नै ध्यान दिनु आवश्यक छ।

हाम्रो जोखिम भर्खर बढ्दैछ । यो कहिले, कसरी र कहाँ गएर टुङिने हो थाहा नै छैन तै पनि यस्को जति मात्रामा  समाधानको बाटो हुनु पर्ने थियो त्यति मात्रामा भएको र सम्बन्धित निकायहरुले त्यती  ध्यान दिएको देखिदैन । न त नेपाल सरकारसंग दिर्घकालीन रणनीती छ नत ततकालिन । यस्तो मानविय सन्कटमा पनि नेता देखि जनता सबै लुट्न कै ध्याउन्नमा देखिनछ्न् । नियम कानुन बनाउने र पालना पनि कस्ले गर्ने, किन कसले मान्ने नमान्ने , नियम कानुन किन बनाउने, कति लुट्को बाटो चाहिएको हो, के पैसोले मात्र  जीवन बचायो त ? पैसावाला देशको पनि बिजोग नै भएको अवस्था छ। थोरै पनि मानवीयता नदेखिदा त प्रकृतिले पनि ठिकै बाटोबाट मानबिय चेतना जगाएको जस्तो देखिन्छ ।

संक्रमितको सख्या  पनि लाखौ नाघिसकेको छ । मृत्युको सख्या पनि हजारौ पुगेको छ।यो संख्या  बढ्ने निश्चित नै छ । प्राय बिश्वका सबै बैज्ञानिकहरु संक्रमण अप्रिल र मे मा तीब्र वृद्धि हुने कुरामा एकमत छन् । त्यसपछी भने यसको प्रभाव कम हुँदै जान्छ भन्ने अनुमान गरिएको छ । अर्को रोचक कुरा कोरोनाको प्रकृति, संरचना एवम् प्रभाव क्षमता सबै देशमा एउटै छैन केही केही फरक फरक पनि देखिएको छ । हामीले भने भारत र चिनलाई नै नजिकबाट नियालेर  जरुरी प्रकृयाका साथै बिदेशबाट आउने ब्यक्ति माथि १४ दिने क्रियाकलाप  अपनाउदै  दिर्घकालीन रोकथामको रणनीती बनाउनु नै जरुरी देखिन्छ ।
-सम्पादक
निलेश अधिकारी

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments