चैत २२, २०७६-एजेन्सी-विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरस फैलिदै आएको छ।विश्वभरिका मानिसहरु आतंकित भएका छन्।तर विश्वकै शक्तिशाली देश अमेरिकाका राष्ट्रपति डोनालड ट्रम्पले भने आफुले मास्क कहिलै पनि नलगाउने घोषणा गरेका छन्।सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)ले अमेरिकी नागरिकहरूलाई मास्क लगाउन सुझाव दिएको भएपनि राष्ट्रपति ट्रम्पले भने आफूले कहिलै पनि मास्क नलगाउने स्पष्ट गरेका छन्।शुक्रबार जारी गरिएको मार्गनिर्देशन स्वैच्छिक भएको ट्रम्पको भनाइ छ।ट्रम्पको भनाइ अनुसार अमेरिकी नागरिकहरुले मास्क नलगाउदा हुने आफु पनि नलगाउने ट्रम्पको तर्क छ।कोरोना भाइरस टास्क फोर्सको शुक्रबारको नियमित ब्रिफिङ्गमा राष्ट्रपति ट्रम्प मास्कबिनै प्रस्तुत भएका थिए।उनले मास्क लगाएर राष्ट्रपति कार्यालयमा हुने विभिन्न देशका राष्ट्रपति,प्रधानमन्त्री,डिटेक्टर,राजा,महारानीहरुसँगको भेटमा प्रस्तुत हुन नसक्ने समेत बताएका छन्।अमेरिकामा हालसम्म कोरोना संक्रमणबाट ७ हजार जनाको मृत्यु भएको छ भने २ लाख ७० हजार भन्दा बढीमा संक्रमण भएको पुष्टि भइसकेको छ।यस्तो संकटपूर्ण अवस्थामा पनि अमेरिकी राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले अन्य देशहरु भन्दा आफु फरक बन्न खोजेको आशंका धेरैले गरेका छन्।
विश्वपरिवेशलाईनै कोरोना भाइरसले आतंकित बनाएको अवस्था/अमेरिकी राष्ट्रपति ट्रम्पले गरे घोषणा,आफुले कहिलै पनि मास्क नलगाउने
RELATED ARTICLES